नेकपा एमाले तनहुँ : निर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथग्रहण, अधिवेशनमा १५ लाख रुपैयाँ खर्च

नेकपा (एमाले) तनहुँको दशौ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ खुवाईको छ । जिल्ला कमिटी अध्यक्ष हरिराज कंडेलले उपाध्यक्ष, सचिव, सहसचिव तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
यस्तै, एमाले तनहुँको १०औं अधिवेशनमा साढे १५ लाख खर्च भएको बताइएको छ । गत वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सम्पन्न पार्टीको दशौ अधिवेशनमा १५ लाख ६४ हजार ९८३ खर्च भएको छ ।
पार्टीका लेखा कमिटी अध्यक्ष प्रेमप्रसाद पौडेलका अनुसार खाना तथा आवासमा ११ लाख ९३ हजार ७९३ खर्च भएको छ । त्यस्तै यातायातमा ७० हजार पाँच सय, हलभाडामा ८७ हजार ९८५, छपाईमा ९८ हजार ८६० र प्रचारप्रसारमा एक लाख ८३० रुपैयाँ खर्च भएको छ ।
यस्तै आम्दानीतर्फ प्रतिनिधि शुल्कबाट ५६ हजार छ सय, सर्म्पर्क मञ्चबाट ४१ हजार, लेभीबाट एक लाख ३८ हजार ३८३ आम्दानी भएको थियो । त्यस्तै बैंकमा ८ लाख ७९ हजार मौज्दात थियो । अधिवेशनको आम्दानी खर्च बुधबार आयोजित पहिलो बैठकले र्सवसम्मत पारित गरेको छ ।








