एडिबीले मुग्लिनदेखि आँबु खैरेनी सडकको टेन्डर गर्दै

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) अन्तर्गतको सडक आयोजना निर्देशनालयले फागुनको दोस्रो साताभित्र नारायणगढबाट हेटौँडा र मुग्लिनबाट आँबुखैरेनी क्षेत्रमा टेन्डरको तयारी गरेको छ । निर्देशनालयले यसक्षेत्रमा नयाँ घर टहरा नबनाउन र सडक विस्तार क्रममा रहेका पुराना घर टहरा परे आवश्यक क्षतिपूर्ति दिने तयारी गरेको छ ।

यी दुवै क्षेत्रमा सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने तयारी छ । ठेक्काका लागि नारायणगढ–हेटौँडा सडक खण्डको डिजाइन अन्तिम चरणमा रहेको र वन तथा वातावरणमा मन्त्रालयमा छलफलक्रममा रहेको बताइएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए)मा टुंगो लागेपछि टेन्डरको काम अघि बढ्ने र यसका लागि दुई साताभित्र छलफल गरेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइने छ ।

डिजाइन स्वीकृतिका लागि बुधबार सडक विभागसँग छलफल हुँदैछ । डिजाइन स्वीकृत भए बढीमा फागुन दोस्रो साताभित्र ठेक्का आह्वान हुनेछ ।

आयोजना कार्यालयले सडक स्तरोन्नति गर्ने खण्डमा नयाँ संरचना नबनाउन सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । मंसिर १९ गते यसबारे सूचना प्रकाशित भएको हो । बस्ती र बसोबास भएको स्थानमा चार लेनको सडक, एक–एक लेन सर्भिस लेन, सहरी क्षेत्रमा थप दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ र सवारीसाधन ओहोरदोहर गर्ने छुट्टाछुट्टै पुल बनाइने गरी टेन्डर हुन लागेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker