जीवन्त सांस्कृतिक संग्रहालय निर्माणका लागि दमौलीमा सांस्कृतिक महोत्सव

दमौली : तनहुँको सदरमुकाम दमौलीमा आगामी पुस २४ गतेदेखि माघ ५ गतेसम्म छैटौं आदिवासी जनजाति सांस्कृतिक महोत्सव गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले दमौलीस्थित खुला मैदानमा महोत्सव सञ्चालन गर्न लागेको हो ।

लोपोन्मुख आदिवासी जनजातिका भाषा, लिपि, संस्कार र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवबाट बचत हुने रकम व्यास नगरपालिका–१२, कमलबारीस्थित भानु–घाँसीग्राम क्षेत्रमा खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माणमा खर्च गरिने महासंघका जिल्ला अध्यक्ष सनम तामाङले जानकारी गराए ।

महोत्सवमा आदिवासी जनजातिका झाँकी, मौलिक सांस्कृतिक नृत्य–गीत, जातीय पहिचान झल्कने परिकार, हस्तकला, अर्गानिक कृषि उपज तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । साथै, जिल्लाभित्रका होमस्टे प्रवद्र्धनलाई समेत महोत्सवसँग जोडिने जनाइएको छ ।

सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष तामाङले महोत्सव मनोरञ्जनमा मात्र सीमित नहुने बताउँदै यसले सांस्कृतिक जागरण, पहिचान स्थापना र पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्ष हरिसिंह गुरुङलगायत पदाधिकारीहरूले महोत्सवको व्यवस्थापन र पारदर्शिताबारे जानकारी गराएका थिए । आयोजकले संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनका लागि महोत्सवमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker