तउवा संघ डुम्रे बजार इकाईको सभापतिमा दीपककुमार

डुम्रे : तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई समितिको सभापतिमा दीपककुमार श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ३०औँ साधारण सभा तथा १३औँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। निवर्तमान सभापति हेमलाल विकेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपसभापतिमा महेन्द्र शाही, कोषाध्यक्षमा लक्ष्मण जोशी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सहसचिवमा जलालदिन मियाँ, सह–कोषाध्यक्षमा सुमन खत्री चयन भएका छन् । सदस्यहरूमा पुननारायण श्रेष्ठ, बुद्धिबहादुर विश्वकर्मा, ताराप्रकाश थापा, संजयलक्ष्मी श्रेष्ठ र शिवकुमार श्रेष्ठ निर्वाचित भए । अधिवेशनले जिल्ला प्रतिनिधिमा हेमलाल विके र परशुराम अधिकारीलाई चयन गरेको छ ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले व्यापारी तथा व्यवसायीहरूको हकहित संरक्षण र व्यवसायिक सुदृढीकरणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय घनश्याम श्रेष्ठ देवान र मानकाजी श्रेष्ठ, बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासचिव सुबोध अधिकारी, सचिव शिवओम मल्ल, कोषाध्यक्ष भिमलाल श्रेष्ठ तथा महिला उद्यमी विकास समितिकी पूर्व सभापति रोशनी पियालगायतले बोलेका थिए ।

साधारणसभामा सचिव महेन्द्र शाहीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शुष्मा पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker