शुक्लागण्डकीमा करिब चार हजार बढिको लगत संकलन
राजकुमार आले (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकामा करिब साढे ४ हजार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ । फागुन १८ गतेसम्मको तथ्याङ्क अनुसार शुक्लागण्डकीमा ४ हजार ४४२ जनाको तथ्याङ्क संकलन गरिएको हो । नगरपालिकाको १२ वटै वडाबाट भुमिहिन दलित २७९, भुमिहिन सुकुम्बासी ३४१ र अव्यवस्थित बसोवासीहरु ३ हजार ८२२ जनाको लगत संकलन भएको नगरपालिकाका सुचना अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार लगत संकलनका लागि २९ जना गणक खटाइएको थियो ।
नगरपालिकाको वडा नं. १ मा १० भुमिहिन दलित, १३ भुमिहिन सुकुम्बासी र १०५ अव्यवस्थित बसोबासी, वडा नं. २ मा ९ भुमिहिन दलित, ११ भुमिहिन सुकुम्बासी र ५९२ अव्यवस्थित बसोबासी, वडा नं. ३ मा १६ भुमिहिनदलित, १५ भुमिहिन सुकुम्वासी र १३६ अव्यवस्थित बसोबासी, वडा नं. ४ मा २० भुमिहिन दलित, २६ भुमिहिन सुकुम्बासी र ५५ अव्यवस्थित बसोबासी, वडा नं ५ मा २३ भुमिहिन दलित, ९७ भुमिहिन सुकुम्बासी र ७६ अव्यवस्थित बसोबासीको लगत तथ्याङ्क संकलन गरिएको छ ।
यस्तै, वडा नं ६ मा १४ भुमिहिन दलित, १५ भुमिहिन सुकुम्बासी र २० अव्यवस्थित बसोबासी, वडा नं ७ मा २९ भुमिहिन दलित, १९ भुमिहिन सुकुम्बासी र ८७० अव्यवस्थित बसोबासी, वडा नं ९ मा ३६ भुमिहिन दलित, ३२ भुमिहिन सुकुम्बासी र ४४९ अव्यवस्थित बसोबासी, वडा नं १० मा २५ भुमिहिन दलित, ४२ भुमिहिन सुकुम्बासी र ३४९ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ३८ भुमिहिन दलित, १६ भुमिहिन सुकुम्बासी र १८९ अव्यवस्थित बसोबासी, वडा नं १२ मा ३६ भुमिहिन दलित, १८ भुमिहिन सुकुम्बासी र ७२ अव्यवस्थित बसोबासीहरु रहेको तथ्याङ्क संकलन गरिएको बताइएको छ ।
भुमि सम्बन्धी समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले आवश्यक प्रक्रिया पुरा गरेर लालपुर्जा वितरण गर्ने तयारीमा आफुहरु जुटेको बताए । उनले आगामी जेठ महिना भित्रै तनहुँमा लालपुर्जा वितरण हुने दाबी गर्दै यसपटक लालपुर्जा पाउनेमा ढुक्क हुन आग्रह गरे । उनका अनुसार जिल्लाका ब्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा सवैभन्दा बढी अब्यवस्थीत बसोबासीहरुको तथ्यङ्क संकलन भएको छ ।
उनले अब्यवस्थित बसोबासीहरुलाई लालपुर्जा उपलब्ध गराउन स्थानीय सरकारले प्रत्यक्ष सरोकार राख्ने भएकाले वर्तमान राजनीतिक परिस्थितिले आयोगको गतिविधिमा कुनै प्रभाव नपार्ने सुवेदीको भनाई छ ।










