स्वयंसेविकाहरुलाई आधारभूत तालिम

प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको आयोजना तथा भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकाको समन्वयमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिमका सहभागिहरु । तालिममा प्रदेश जनस्वास्थ्य कार्यलय तनहुँका प्रमुख अमर दवाडी, भानु–१ का वडा अध्यक्ष कान्छी माया तामाङको सहभागिता रहेको थियो । तालिममा १७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको र समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जनचेतना अभिवृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने विश्वास गरिएको छ । तस्विर : भञ्ज्याङ









