तनहुँ जलविद्युत् आयोजनामा विपद् नमुना अभ्यास

कामदारको सुरक्षा र आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणका क्रममा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा कामदारको सुरक्षा सुनिश्चित गर्न विपद् नमुना अभ्यास सम्पन्न गरेको छ ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम शुक्रबार मुख्य बाँध निर्माणस्थलमा अभ्यास सञ्चालन गरिएको हो ।

अभ्यासमा प्याकेज १ र प्याकेज २ अन्तर्गत कार्यरत जनशक्तिलाई लक्षित गरी विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धार प्रक्रिया तथा सुरक्षित स्थानमा पुग्ने विधिबारे व्यावहारिक अभ्यास गरिएको थियो ।


कार्यक्रममा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक, आयोजना प्रबन्धकसहित उच्च पदस्थ अधिकारी, नेपाली सेनाको कालीभञ्जन गणका प्रतिनिधि, आयोजना सुपरीवेक्षण परामर्शदाता, वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

निर्माणस्थलमा सम्भावित विपद्को पूर्वतयारी, उद्धार तथा आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धि गर्न यस्ता अभ्यास प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसले निर्माणमा संलग्न जनशक्तिको सुरक्षा सुनिश्चित गर्न र विपद्का बेला हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न आयोजनाको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker