फोहर बिक्री गरी व्यासले कमायो १७ लाख रुपैयाँ

तनहुँ : तनहुँको व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी गरेको हो ।

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनले भने, ‘संकलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।’

व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ । कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौः संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यका साथ बिक्री गर्न थालिएको प्रशासकीय अधिकृत लम्सालले बताए । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, ‘नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ ।’

कार्यालयका अनुसार अल्मुनियम प्रतिकिलो रु ६०, फलाम रु ३५, टिन रु २५, बोतल रु २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी रु १६ तथा किताब प्रतिकिलो रु १४ का दरले बिक्री गरिँदै आएको छ । यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदैआएको थियो । उक्त सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नकुहिने फोहर दिगो व्यवस्थापन गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker