दमौलीमा व्यास अचार तथा रैथाने खाद्य उद्योग सञ्चालनमा

दमौली : दमौलीमा व्यास अचार तथा रैथाने खाद्य लघु उद्योगको औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । उद्योग उद्घाटन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिका–३ का वडाध्यक्ष तथा वडा सदस्यसहित विभिन्न टोलका स्थानीयवासीले यो उद्योगलाई व्यवस्थि रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीयस्तरमा उपलब्ध रैथाने खाद्यवस्तुको प्रवर्द्धन तथा अचारजन्य परिकारको उत्पादनमार्फत स्वरोजगार सिर्जना गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको उद्योग सञ्चालक दिदीबहिनीहरूले बताएका छन् ।
उद्योग उद्घाटनका अवसरमा उपस्थित भएर हौसला तथा शुभेच्छा प्रदान गर्ने नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्थानीयवासी तथा शुभेच्छुकप्रति उद्योग सञ्चालक दिदीबहिनीहरूले आभार व्यक्त गरेका छन् ।
उद्योगले स्थानीय उत्पादनको प्रयोग, रैथाने खाद्य संस्कृतिको संरक्षण तथा महिला उद्यमशीलताको प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।










