ऋषिङमा औधोगिक ग्राम

भञ्ज्याङ समाचारदाता (ऋषिङ)

तनहुँको ऋषिङ गाउँपालिकाले औधोगिक ग्राम निर्माण कार्य अगाडि बढाएको छ । करिब ५० करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको औधोगिक ग्रामको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले शिलान्यास गरेका छन् ।

औधोगिक ग्रामको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्र स्थापना हुने उद्योगहरुलाई ब्यवस्थित गर्न औधोगिक ग्राम स्थापना गर्न लागिएको बताए । गाउँपालिकाको वडा नं. ५ पिपलटारमा रहेको १०० रोपनी क्षेफलमा औधोगिक ग्राम बनाउन लागिएको बताउँदै अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई औधोगिक रुपमा समेत विकास गर्ने योजना रहेको बताए ।

गाउँपालिकाका प्राविधिक अखिल सुवेदीका अनुसार पहिलो चरणमा प्रशासनीक भवनहरु निर्माण हुने छ । गत बर्ष नै टेण्डर आव्हान गरेर औधोगिक ग्राम निर्माणको थालनी भएको सुवेदीले जानकारी दिए ।

वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्षहरु भक्तबहादुर आले, भविसरा आले, गाउँपालिकाका प्रबक्ता विजय दरै, वडासदस्य रामचन्द्र पोख्रेल, जयदुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक रुपबहादुर दरै, सहायक प्रधानाध्यापक कृष्ण गिरी लगायतले औद्योगिक ग्राम स्थापनापछि गाउँपालिकाको विकासको ढोका खुल्ने चर्चा गर्दै ग्राम खोलेर मात्र नभई यसको उपयोग के कसरी गर्ने भन्ने विषयमा पनि कार्यक्रमहरु योजनवद्ध रुपमा ल्याउनुपर्ने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker