तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाले भोगचलान गर्ने वनक्षेत्र बराबरको जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाउन वनसंग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढाएको हो । सट्टाभरणका लागि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएका र चितवन खण्डबाट कुनैपनि आवेदन नपरेको आयोजनाले जनाएको छ ।
आयोजनाले भोगचलान गरेका जग्गाको क्षतिपूर्ति बापत वनसंग जोडिएका व्यक्तिको जग्गा खरीद गरी नेपाल सरकारलाई उपलव्ध गराउन लागिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ गरी ९२ हेक्टर वनक्षेत्र आयोजनाको प्रसारण लाइनबाट प्रभावित हुनेछ । उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभरण सम्बन्धी जग्गाको टुङ्गो लगाउनेछ ।’
वन मन्त्रालयसँग देखिएको समस्याले गर्दा विद्युत प्रसारण लाइनको निर्माण कार्य रोकिन पुगेको हो, वनको रुख नभएको क्षेत्रमा निर्वाध रुपमा काम गरिएको उनले बताए ।
अर्थमन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक बर्षका लागि आर्थिक सुनिश्चित गरेका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ ।
आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वि.सं. २०७७ असोजदेखि काम सुरु भएको थियो । आयोजना अनुसार रुख कटानका विषयमा मन्त्रिपरिषदबाट स्वीकृति भएपनि कार्यन्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो ।
कूल ९४ वटा टावरमध्ये ६९ वटा टावर ठडाइएको आयोजनाले जनाएको छ । एघार वटा टावरको सबै काम सम्पन्न भएको छ भने चौध वटाको पुरै काम गर्न बाँकी रहेको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker