बालबालिकाका लागि जरुरी केही कुरा

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाइ छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ। अभिभावक र आफ्नो घरबाट उनीहरु जीवनोपयोगी कुराहरु आर्जन गर्न सक्छन्।

परिस्थितीसँग जुध्न

सधैभरी खुशी हुनु जत्तिको राम्रो अरु के होला ? तर कहिले काहीँ जीवनमा यस्ता परिस्थितिहरु पनि आइदिन्छन्, जसलाई हामीले चाहेर नर्कान सक्दैनौ । बालबालिकालाई सानै उमेरदेखि यस्ता परिस्थितिको सामना गर्न सिकाएर तथा यस्ता परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने सिकाएर पनि यो परिस्थितिबाट बाहिर निकाल्न सकिन्छ । जसले गर्दा उनीहरु जवीनभर खुशी र सुखी रहन सक्दछन् ।

पुनःप्रयोग र जतन गर्न

विभिन्न सामानको पुनःप्रयोग गरे पनि हामी पर्यावरणलाई स्वस्थ राख्न मद्दत गर्र्छौ । यसबाहेक, पुनःप्रयोगले बालबालिकालाई सिर्जनात्मक हुन तथा साइकोमोटि्रसिटी हुन सिकाउँछ । उनीहरुलाई यसले ज्ञान दिन्छ, आफ्नो कला कौशलतालाई लागु गर्न लाखौ रुपैयाँ खर्चनु पर्दैन । यही कुरालाई मध्यनजर गरेर स्पेनका स्कुलहरुमा पुनःप्रयोगलाई विशेष महत्व दिइने गरिन्छ ।

खाना पकाउन

खाना पकाउदा बालबालिकालाई समावेश गरेर हामी आफू र बच्चाबीच सुमधुर सम्बन्ध कायम गर्न सक्दछौ । विशेषगरी, जब उनीहरुलाई खाना तयार पार्दा सँगै राख्छौ, तब उनीहरुलाई खानाको महत्वबारे थाहा हुन्छ र उनीहरु जंकफुडको सेवन कम गर्छन् । त्यसैले खाना पकाउँदा प्रत्येक खानाको महत्वबारे उनीहरुलाई बताउनोस् ।

पैसाको वचत

जति जति मानिस ठूलो हुँदै जान्छ, उनीहरुमा आर्थिक जिम्मेवारी पनि बढ्न थाल्छ । त्यस्तो अवस्थामा हामीले रकमको व्यवस्थापन सही तरीकाले नगर्ने हो भने ठूलो संकट आउन सक्छ । त्यसैले, बच्चाहरुलाई सानो बेलादेखि नै पैसाको महत्वबारे बुझाउनु र पैसाको वचत गर्न सिकाउनु प्रत्येक अभिभावकको कर्तव्य हो ।

माटोमा रमाउन

हामी धेरैजसो माटोबाट बच्चालाई संक्रमण हुन सक्छ भन्ने मान्छौं । यसैले हामी आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौं । तर, माटोमा संक्रमण फैलाउने मात्रै होइन स्वास्थ्य मैत्री ब्याक्टेरिया पनि हुन्छन जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पुर्याउँछ । स्वास्थ्य मैत्री ब्याक्टेरियाको कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् । बच्चामा रचनात्मकता बढाउनको लागि माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर त मजबुत हुन्छ साथै उनीहरुलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्छ ।

नाचगान

कार्लस्टाड विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाचगानले हाइपर एक्टिभ बालबालिकाको प्रदर्शनमा निकै सुधार ल्याउँछ । नाचगानले उनीहरुलाई आफ्नो शरीरद्वारा कुनै पनि कुरालाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ भने संगीतले उनीहरुलाई सिर्जनात्मक हुन, सामाजिक हुन तथा आत्मबल बढाउँछ । नाचगानले बच्चहरुलाई विभिन्न कला संस्कृतिबारे अवगत हुन तथा फराकिलो विचारधारा कायम राख्न सहयोग पुर्‍याउँछ । एजेन्शी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker