अर्थ

  • Photo of भानुभक्त क्याम्पसमा चार्टर्ड एकाउन्टेन्सी अध्ययन तथा पेशाबारे परामर्श

    भानुभक्त क्याम्पसमा चार्टर्ड एकाउन्टेन्सी अध्ययन तथा पेशाबारे परामर्श

    दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त भानुभक्त क्याम्पसको आयोजनामा नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन तथा पेशासम्बन्धी पेशा परामर्श कार्यक्रम आइतबार दिउँसो क्याम्पसको सभाहलमा गरिएको छ । कार्यक्रम नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल–आईक्यान) पोखरा शाखाको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा सीए अध्ययनप्रति विद्यार्थीहरूको चासो अभिवृद्धि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

    तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

    तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

    दमौली : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु

    तल्लो सेती जलविद्युत् आयोजनाः पहुँच सडक निर्माण सुरु

    दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो । त्यसका…

    पुरा पढ्नुहोस
  • Photo of नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

    नवलपुर : सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको…

    पुरा पढ्नुहोस
  • Photo of निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

    निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः तीनवटा प्याकेजमा तीव्र काम

    दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    तनहुँको एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    तनहुँ : मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध…

    पुरा पढ्नुहोस
  • Photo of गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखा : जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले रु एक…

    पुरा पढ्नुहोस
  • Photo of अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

    गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

    वालिङ (स्याङ्जा) : सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका,…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker