अर्थ
-
आँवुखैरेनीको यान्चोकटार महिला लघु उद्यमी समूहले बेच्यो सात लाख रुपैयाँको सयपत्री फूल
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल…
पुरा पढ्नुहोस -
पत्रकारको कलमदेखि कृषि कर्मसम्म
सुन्दरबजार (लमजुङ) : कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ । अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ । कलम समात्ने…
पुरा पढ्नुहोस -
तनहुँ, गोरखा, लमजुङ र मनाङमा सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन
दमौली : सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड…
पुरा पढ्नुहोस -
आन्तरिक पर्यटकलाई लोभ्याउँदै दमौलीको मानुङकोट
दमौली : चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट सूर्योदयसँगै देखिने…
पुरा पढ्नुहोस -
तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति, कार्यालयबाटै बढी महशुल सङ्कलन
दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ । केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत चुहावट नियन्त्रण लक्ष्य रहेकामा ९…
पुरा पढ्नुहोस -
तिहारका लागि सयपत्री फूल महङ्गियो
तनहुँको दमौलीमा तिहार पर्वका लागि सयपत्री फूल विक्रीवितरण गरिदै । यस वर्ष तिहार पर्व चाडै भएका कारण सयपत्री र मखमली फूल राम्रोसंग नफुलेका कारण बजारमा फूलको अभाव भएको छ । दमौलीमा प्रति माला दुई सय रुपैयाँ र प्रतिकिलो २५० रुपैयाँमा बिक्री वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
आँवुखैरेनीका कृषकलाई सयपत्री फूलको माग धान्न धौ–धौ, यसबर्ष कतार नपठाइने
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका…
पुरा पढ्नुहोस -
मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल
तनहुँ को व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम मानुङकोटमा पहाडी बस्ती विकास कार्यक्रमको योजना अघि बढाएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र मानुङकोटमा एकीकृत जग्गा विकास आयोजनाअन्तर्गत विकासका योजना अघि सारिएको हो । पर्यटकीयग्राम बनाउने उद्देश्यले नगर विकास कोषको बजेटमा स्थलगत सम्भाव्यता अध्ययन भइरहेको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले बताउनुभयो…
पुरा पढ्नुहोस -
सयपत्री फूल बिक्री भएपछि किसान खुसी
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले…
पुरा पढ्नुहोस -
पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत
काठमाडौँ : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४…
पुरा पढ्नुहोस