अर्थ
-
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन्
लमजुङ : जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले…
पुरा पढ्नुहोस -
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता
दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु तीन करोड ९७ लाख ६६ हजार छ…
पुरा पढ्नुहोस -
जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनीमा चियाखेती
जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने
म्याग्दे : जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ। गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो । उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा…
पुरा पढ्नुहोस -
गण्डकीमा ९६ प्रतिशत रोपाइँ, तनहुँमा ९६ दशमलव २२
गण्डकी : गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिनुभयो । कास्कीमा ९८ दशमलव ५०,…
पुरा पढ्नुहोस -
काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी
पर्वत : जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् । व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको…
पुरा पढ्नुहोस -
तल्लो सेती जलविद्युत आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी क्षेत्रफलको जग्गा अधिग्रहण गरेको छ । आयोजनाका लागि मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । आयोजनाबाट ऋषिङ…
पुरा पढ्नुहोस -
सुक्खाटारबाहेक तनहुँका अधिकांश ठाउँमा रोपाइँ सकियो
दमौली : साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । उहाँले हालसम्म सात हजार छ सय ७४ हेक्टर…
पुरा पढ्नुहोस -
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता, २६२ उद्योग बन्द
दमौली : आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार…
पुरा पढ्नुहोस -
मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा
सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जबकी गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस…
पुरा पढ्नुहोस