अर्थ
-
तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हाटबजारमा स्थानीय महदेखि सिस्नुसम्म
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित हाटबजारमा स्थानीय उत्पादनले बजार पाउन थालेको छ । गाउँपालिकाको सक्रियतामा प्रत्येक शुक्रबार सञ्चालन हुने हाटबजारमा स्थानीय उत्पादनले बजार पाएपछि कृषक हर्षित भएका छन् । हाटबजारमा मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु किनबेच हुने गरेको छ ।…
पुरा पढ्नुहोस -
तनहुँको १२६ मेगावाट क्षमताको तल्लो सेती आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । सरकारले आयोजनाका लागि तनहुँमा करिब पाँच सय ७७ र चितवनमा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो…
पुरा पढ्नुहोस -
आरकेडी होल्डिङ्सले बुक बिल्डिङमार्फत् आइपिओ ल्याउने
आरकेडी होल्डिङ्स लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत् आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको सार्वजनिक सेयर बुक बिल्डिङ प्रणालीमार्फत् निष्कासन गर्ने प्रस्ताव गत शनिबार सातौं साधारण सभाबाट पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी ३ अर्ब ५१ करोड रूपैयाँ…
पुरा पढ्नुहोस -
प्लास्टिकका भाँडाको प्रयोग हुँदा माटोका भाँडा लोप हुँदै
बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो । आँबुखैरेनी गाउँपालिका-१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आउनुभएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको…
पुरा पढ्नुहोस -
आमा समुहमा आवद्ध महिलाहरु सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । यी दुइ आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन्…
पुरा पढ्नुहोस -
एकै परिवारले बिक्री गर्यो ३५ लाखको सुन्तला
गल्याङ (स्याङ्जा) : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताउनुभयो । उहाँले करिब एक हजार सुन्तलाको बोट…
पुरा पढ्नुहोस -
प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ
गण्डकी : ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ । समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको…
पुरा पढ्नुहोस -
सिकेको सीपबाट स्वरोजगार (फोटोफिचर)
तनहुँको दमौलीमा सञ्चालन गरिएको तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा आफुले उत्पादन गरेका वस्तु बिक्री वितरण गर्दै महिलाहरु । तनहुँका विभिन्न पालिकाले सञ्चालन गरेका सीपमुलक तालिम लिएपछि उत्पादन गरिएका वस्तुहरु मेलामा बिक्री वितरण तथा प्रदर्शनी गरिएको थियो । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत आयोजना : स्थानीयलाई रोजगारी, ५१.४४ भौतिक, ४६.३४ प्रतिशत आर्थिक प्रगति
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित…
पुरा पढ्नुहोस -
व्यावसायिक कृषि उत्पादनका लागि गण्डकी प्रदेशका छ जिल्लाका २९ स्थानमा जग्गा चक्लाबन्दी
व्यावसायिक कृषि उत्पादनका लागि गण्डकी प्रदेशका छ जिल्लाका २९ स्थानमा जग्गा चक्लाबन्दी गरिएको छ । प्रदेश सरकार स्थापना भएयता कुल पाँच हजार चार सय ९६ खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले कास्की, तनहुँ, बागलुङ, मुस्ताङ, स्याङ्जा…
पुरा पढ्नुहोस