अर्थ
-
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
काठमाडौँ : नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न…
पुरा पढ्नुहोस -
बन्दीपुर गाउँपालिकामा सडक ढलानमा स्थानीयलाई रोजगारी
बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताउनुभयो ।…
पुरा पढ्नुहोस -
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
तनहुँ : मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सङ्कलित…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम
दमौली : तनहुँ जलविद्युत् आयोजनाले ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ । आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनःस्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका–८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन…
पुरा पढ्नुहोस -
सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड
काठमाडौँ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल/रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो । यस्तै चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ…
पुरा पढ्नुहोस -
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव
दमौली : विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो । बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव…
पुरा पढ्नुहोस -
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
दमौली : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ । एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत्…
पुरा पढ्नुहोस -
‘एउटै नाउरको सिकार गर्न २३ लाख’
काठमाडौँ : नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका…
पुरा पढ्नुहोस -
बन्दीपुरमा “मिनीग्रेटवाल” निर्माण कार्यले गतिलिदै
बन्दीपुर : तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुङ्गिनेछ । यसको करिब दुई किमि दूरीको छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । निर्माण कम्पनीका कारण ढिलाइ हुन गएको बताउँदै…
पुरा पढ्नुहोस -
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको…
पुरा पढ्नुहोस