तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

दमौली : तनहुँ जलविद्युत् आयोजनाले ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ ।
आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनःस्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका–८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन गरिएको थियो ।
ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट सिकेको सीपलाई व्यावहारिक रुपमा प्रयोग गरी पल्ट्याङलाई मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो ।
तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीप र ज्ञानलाई कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गर्नुभयो । उहाँले आयोजना प्रभावितहरुको आयआर्जन वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन आगामी दिनमा पनि आवश्यकताबमोजिम सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजना कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो ।
तालिममा सहभागी गीता थापाले व्यावसायिक रुपमा मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम दिइएकाले व्यावहारिक ज्ञान र सीप हासिल गरेको बताउनुभयो । उहाँले तालिमपछि व्यावसायिक मौरीपालन गर्न आत्मविश्वास बढेको बताउनुभयो ।
आयोजकले सहभागीहरुलाई मौरीसहितका घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । आयोजनाले प्रभावितहरुलाई लक्षित गरी  प्लम्बिङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायत १४ वटा तालिम सञ्चालन गरिसकेको छ । उक्त तालिममार्फत १३९ पुरुष र १५५ महिला गरी २९४ जना लाभान्वित भइसकेको आयोजनाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker