सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौँ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् ।

सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल/रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो ।

यस्तै चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्टका रुपमा अवार्ड पाएको हो ।

हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए ।

साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्राण्डमा पर्दछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker