स्वास्थ्य/जीवनशैली
-
गण्डकीमा मातृ स्वास्थ्यमा सुधार
गण्डकी : नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको देखिन्छ । दक्ष प्रसूतिकर्मीद्वारा हुने…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी
तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पतालमा नियमित सेवा समयभन्दा अतिरिक्त समयमा सेवा लिने बिरामीको संख्या बढी देखिएको छ । अस्पतालले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कार्तिक महिनामा करिब दुई हजार बिरामीले ओ.पि.डी. सेवा लिएका छन् । अस्पतालका अनुसार सो अवधिमा जम्मा १ हजार ९९६ जना सेवाग्राहीले…
पुरा पढ्नुहोस -
गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम
काठमाडौँ : गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा “पूर्ण संस्थागत प्रसूति” अभियानमा अझै चुनौती
गण्डकी : स्वास्थ्य सेवामा पहुँचको अभाव, भौगोलिक विकटता तथा चेतनाको कमी जस्ता कारणले गण्डकी प्रदेशका ग्रामीण महिला अझै पनि घरमै सुत्केरी हुन बाध्य छन् । घरमा हुने प्रसूतिलाई शून्यमा झारेर गण्डकीलाई ‘पूर्ण संस्थागत प्रसूतियुक्त प्रदेश’ बनाउने अभियानमा यसले चुनौती थपेको छ । गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित शतप्रतिशत महिलालाई…
पुरा पढ्नुहोस -
कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
काठमाडौँ : पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो…
पुरा पढ्नुहोस -
स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्दै थर्पु अस्पतालको आँखा उपचार केन्द्र
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले आँखा उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु अस्पतालमा विहीबारदेखि नियमित आँखा उपचार सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकलाई…
पुरा पढ्नुहोस -
भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो
“भर् जन्म घाँस तिर मन् दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र…
पुरा पढ्नुहोस -
३८औं विश्व एड्स दिवस : दीप प्रज्ज्वलन र कण्डम वितरण
३८औ विश्व एड्स दिवसको अवसरमा दमौलीस्थित प्रशासनचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिदै । प्रदेश जनस्वास्थ्य कर्यालय तनहुँ, तनहुँ सहयोगी समूह लगायतका संघसंस्थाहरुले एचआइभी संक्रमणबाट निधन भएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायत सहभागी थिए । प्रदेश…
पुरा पढ्नुहोस -
म्याग्देको थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरेको छ । यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सोमबार सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष…
पुरा पढ्नुहोस -
मुटु परीक्षण स्वास्थ्य शिविर
तनहुँको भानु नगरपालिकाले मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको प्राविधिक सहयोगमा वडा नं. ५ को परनडिहि नगर अस्पतालमा विहीबार सञ्चालन गरेको मुटु परीक्षण स्वास्थ्य शिविरमा एक बालकको मुटु परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटु परीक्षण…
पुरा पढ्नुहोस