३८औं विश्व एड्स दिवस : दीप प्रज्ज्वलन र कण्डम वितरण

३८औ विश्व एड्स दिवसको अवसरमा दमौलीस्थित प्रशासनचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिदै । प्रदेश जनस्वास्थ्य कर्यालय तनहुँ, तनहुँ सहयोगी समूह लगायतका संघसंस्थाहरुले एचआइभी संक्रमणबाट निधन भएकाको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायत सहभागी थिए । प्रदेश अस्पताल दमौलीको एआरटी युनिटको पछिल्लो तथ्याङ्क अनुसार तनहुँमा १३५ पुरुष र १३४ पुरुष गरी २६९ जना एचआइभी संक्रमितहरुले उपचार सेवा लिइरहेका छन् ।

यस्तै, विश्व एड्स दिवसका अवसरमा कम्यूनिटी सपोर्ट ग्रुप तनहुँका कर्मचारीहरु सोमबार दमौलीस्थित प्रशासनचोकमा सर्वसाधारणलाई एचआईभी संक्रमण, रोकथाम तथा सुरक्षाका साधान प्रयोग लगायतका विषयमा सचेतना र कण्डम वितरण गर्दै । तस्विर : भञ्ज्याङ










