शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पुर्याउन व्यासका मेयरको अनुरोध

दमौली : तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले शिक्षकहरुलाई विद्यालय सञ्चालनमा सहयोग पु¥याउन अनुरोध गरेका छन् । नगरप्रमुख न्यौपानले मंगलबार विज्ञप्ति जारी गरी सरकारलाई शिक्षकको मागप्रति गम्भीर हुन माग गर्दै र शिक्षकहरुलाई उक्त अनुरोध गरेका हुन ।
प्रमुख न्यौपानेले काठमाडौं केन्द्रित शिक्षक आन्दोलनको निरन्तरताले सिर्जना गरेको शैक्षिक अवस्था प्रति ध्यान आकर्षण भएको भन्दै आन्दोलनबाट फर्कदा आफ्नो विद्यालयहरुमा विद्यार्थी सून्य हुने अवस्थालाई समेत ख्याल गर्न शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
नगरप्रमुख न्यौपानेद्वारा जारी विज्ञप्तिमा ‘पटकपटक शिक्षकहरुसँग भएका सहमति कार्यान्वयन नहुनुले असन्तुष्टि र विद्रोहको अवस्था सिर्जना भई जनप्रतिनिधिबाट जारी संविधान र व्यवस्थाका प्रति नै चुनौती दिन चाहनेहरुलाई मलजल पुगेको अवस्थालाई मनन गरी तत्काल शिक्षकहरूका मागहरु सम्बोधन गर्न नेपाल सरकार र सम्बद्ध राजनीतिक दलका नेतृत्वसँग अनुरोध गर्दछु ।’
विज्ञप्तिमा ‘नतिजा प्रकाशन गर्नुपर्ने, विद्यार्थीको भर्ना गर्नुपर्ने विद्यमान अवस्थामा विद्यालय खाली गराई लामो समयसम्म आन्दोलनमा सहभागी भइरहने र आन्दोलनका नाउँमा कतिपय शिक्षकहरु व्यक्तिगत काम देखाई अन्यत्रै गएको पाइँएको हुँदा केही सामुदायिक विद्यालयका विद्यार्थीहरू निजी विद्यालयमा पढ्न बाध्य हुने अवस्थाले अनिश्चित कालीन आन्दोलन पछि शिक्षक आ–आफ्ना विद्यालय फर्कदा कतिपयं विद्यालयहरूमा विद्यार्थी सून्य हुने अवस्था देखिन्छ । यस्तो विषम अवस्थाको समीक्षा गरी विद्यालय सञ्चालनमा सहयोग पुर्याउनुहुन सम्पूर्ण शिक्षकहरूमा हार्दिक अनुरोध गर्दछु ।’