रत्नहरी र तउवासंघ दमौली बजार इकाईबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता

दमौली : व्यास नगरपालिका-४ रत्नहरि मेमोरियल अस्पताल र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समितिबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ।

सम्झौताअनुसार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइ समितिमा आबद्ध सदस्य तथा उनीहरूका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा छुट पाउने भएका छन्। अस्पतालले उपचार खर्चमा १० प्रतिशत, अप्रेशन खर्चमा २५ प्रतिशत तथा औषधिमा ५ प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ।

सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ तथा व्यवस्थापक लिलबहादुर थापाले हस्ताक्षर गरेका छन् भने उद्योग वाणिज्य संघका तर्फबाट इकाई सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गरेका छन्।

दुवै पक्षबीच भएको उक्त सम्झौताले व्यवसायी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने विश्वास लिइएको इकाई सचिव सिम्रन चन्दले बताइन् ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker