आचार्य सहित ३ जनालाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

भञ्ज्याङन्यूज/दमौली

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन जना पत्रकारले पुरस्कृत हुने भएका छन् ।

उद्यमशिलताको विकासको लागि कलम चलाएर योगदान पुर्‍याए बापत तीन जना पत्रकारलाई यस विधाको पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार मुल्यांकन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले जानकारी दिए ।

केवलकार सहित बन्दीपुर क्षेत्रको उद्यम र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग गरेवापत तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा इबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य, काठमाडौंका सेतोपाटीकर्मी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मालाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने उपाध्यायले बताए ।

उनीहरुलाई बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको यही पुस २८ गते हुने वार्षिक साधारण सभाको अवसरमा जनही रु ५० /५० हजार रुपैयाँ राशिको पुरस्कारले सम्मानित गरिने बताइएको छ ।

तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वाधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई नियमित प्रोत्साहन गरीरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामि नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुको लागि बिशेष सहुलियतकार्ड समेत दिने घोषणा गरिसकेको छ । साथै परियोजना नेपालको उद्यम अभियानमा कोशेढुंगा साबित हुने कम्पनिले दाबि गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker