तनहुँको बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण लिन खटियो प्रदेशको टोली

भञ्ज्याङ न्यूज

गत तीन दिनदेखि परेको वर्षासंगै आएको बाढीपहिरोले तनहुँ ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बाढीपहिरोले ठूलोमात्रमा भौतिक र कृषि क्षेत्रमा क्षति पुगेको छ ।

तनहुँमा बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न गण्डकी प्रदेश सरकारले टोली खटाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविरल वर्षापछि बाढी पहिरोका कारण तनहुँ लगायत जिल्लामा भएको मानवीय र भौतिक क्षति प्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रदेश सरकारले उद्धार र राहतको काम गर्दै आएको र यसका लागि रकम नहुने बताएका छन् । उनले भनेका छन्, ‘तनहुँमा बाढी पहिरोले २ जनाको मृत्यु भएको छ, कतिपय ठाउँमा घाइते भएको खबर प्राप्त भएको छ, उद्धार र राहतका लागि स्थानीय प्रशासन जुटिरहेको छ ।’

विस्थापितलाई तत्कालका लागि अस्थायी वास र स्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरणका लागि समेत सरकारले प्रबन्ध गर्ने उनले बताएका छन् ।

तनहुँ लगायत जिल्लामा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको भन्दै उनले तनहुँका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको, पुल बगाएको खबर आएकाले क्षतिको मूल्यांकनका लागि प्रदेशबाट टोली समेत खटिएको बताए । पुल बगाएको ठाउँमा वैकल्पि व्यवस्थाका लागि पहल समेत भइरहेको छ ।

जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका बासिन्दालाई बर्खाको बेला अलि चनाखो भएर रहन आग्रह गर्दै उनले स्थानीय प्रशासन र स्थानीय सरकारलाई समेत यसमा सहजीकरण गर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले यसअघि नै मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ र अरु ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । तत्कालको राहत र उद्धारका लागि उक्त रकम अपुग भएमा प्रदेश विपद कोषले तत्काल रकम उपलब्ध गराउँछ ।

अहिले जिल्लाहरुमा तारजालीको अभाव भएकाले प्रदेश सरकारले तारजाली खरिदका लागि रकम व्यवस्था गर्न लागेको छ । मुख्यमन्त्री पोखरेलले सम्बन्धित मन्त्रालयलाई यसबारेमा निर्देशनसमेत दिइसकेका छन् । मुख्य र सहायक राजमार्गमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएकामा सकिने ठाउँमा तत्काल डोजर र एस्काभेटर लगेर बाटो खुलाउन पनि उनले निर्देशन दिएका छन् ।

मनाङ सदरमुकाम जाने बाटो खुलाउन, लमजुङको दोर्दी लगायत स्थानको पनि बाटो खोल्न पनि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेको छ । दोर्दीमा त अस्थायी रुपमा सडक खुलिसकेको छ ।

मनाङ सदरमुकाम चामेका सरकारी कार्यालयमा कार्य सञ्चालनका लागि प्रदेशले २४ लाख रुपैयाँ खर्चेर सोलार पठाएको छ । १६ वटा कार्यालयमा उक्त सोलार जडान हुनेछ । ती सामान बेसिसहर लगिसकिएको छ । मौसम खुल्ने बित्तिकै चामे पुर्‍याइने ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker