बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण

दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।

रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट रु एक करोड ३५ लाख सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् ।

पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ ।

यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker