तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा बहुउद्देश्यीय भवनको शिलान्यास

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बुधबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका छन् ।

कूल लागत १३ करोड ७४ लाख एक हजार ७८१ रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी गराए । गाउँपालिकाको नाममा रहेको ४९३.५८ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो। भवन पाँच तलाको बनाउने लक्ष्य रहे पनि पहिलो चरणमा तीन तलाको निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणामा दुइ करोड ३९ लाख ८८ हजार ७७८ रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त भवनको जिम्मा श्री ज्ञान ज्योति विर्ल्र्डस प्राली काभ्रेले पाएको छ। विसं २०७९ कात्तिक १५ गतेभित्रमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

यस्तै, आव ०७५/०७६ मा गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको थियो । उक्त भवनको पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवा आँबुखैरेनीले पाएको थियो । उक्त निर्माण कम्पनीलाई गाउँपालिकाले एक करोड १७ लाख ६७ हजार ३५४ रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाले जनाएको छ ।

दोस्रो चरणमा आव ०७७/०७८ मा सिजल कन्सक्ट्रसन जेभीले कामको जिम्मा पाएको थियो । सम्झौता २०७६ माघ २१ गते सम्झौता गरी २०७८ साउन २१ गते निर्माण सम्पन्न हँुदैछ । उक्त निर्माण कम्पनीले एक करोड ९१ लाख १० हजार ११२ रुपैयाँमा सम्झौता गरेको थियो । उक्त भवन ३२३.२२ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker