आँवुखैरेनीमा पुलबाट मिनीट्रक खस्दा चालकको मृत्यु
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे आँबुखैरेनी-४ स्थित मर्स्याङ्दी पावर हाउस नजिक आज बिहान मिनीट्रक रूवाखाेला पुलबाट खाेलामा खस्दा चालककाे मृत्युु भएकाे छ ।
ग१क ४४६९ नम्बरकाे मिनी ट्रकका चालक म्याग्दे ६ मनपाङ घर भएका ४७ बर्षीय राम बहादुर दमैकाे मृत्यु भएकाे तनहुँ प्रहरीले जनाएको छ ।
मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेकाे ट्रक बिहान साढे ४ बजे पुलबाट खाेलामा खसेकाे थियाे । चालकलाई उपचारका लागि पुरानाे मेडिकल कलेज चितवन लगिएकाेमा ६:१० बजे चिकित्सकले उनलाइ मृत घाेषित गरेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।