स्वर्णिमलाई समाजवादीका नेता किसानको प्रश्न : रास्वपाका दाजु भाउजूले पेले कहाँ जानुहुन्छ ?

नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, ‘कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?’

पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको डा. वाग्लेले बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजुभाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए ।

तनहुँको आफूले बारा ४ बाट चुनाव जितेको र तनहुँकै प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव जितेको प्रशंग निकालेका उनले भने, ‘तनहुँ फोहोर फाल्ने ठाउँ होइन, बाहिरबाट जो कोही आएर चुनाव लड्नलाई, यहाँबाट त नेता नियात गर्ने हो, आयात होइन ।’

सांसद श्रेष्ठले भाषणको क्रममा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको विषयमा भने केहि पनि बोलेनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker