क्यामिन मावि व्यासको पहिलो शून्य पोलिथिन क्षेत्र घोषणा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-७ कलेस्ती स्थित क्यामिन माध्यामिक विद्यालय व्यास नगरको पहिलो शून्य पोलिथिन क्षेत्र घोषणा गरिएको छ। नगरपालिका भित्र रहेका १२४ सामुदायिक तथा संस्थागत विद्यालय मध्ये यस विद्यालयमा मंगलबार कक्षा १ देखि कक्षा १२ सम्मका करिब ४०० विद्यार्थी र २० जना शिक्षक, शिक्षिकाहरुलाई प्रशिक्षित गराइ विद्यालय हाता भित्र तथा वरिपरि छरिएका करिब २० बोरा पोलिथिनजन्य पदार्थको संकलन गरिएको हो ।

वातावरणविद् निपेश ढाकाको नेतृत्वमा गएको सीम नेपालको टोलीसँग सम्पूर्ण विद्यार्थी र शिक्षकहरुले आगामी दिनमा पोलिथिनजन्य सामाग्रीको उचित व्यवस्थापन गर्नको लागि सामुहिक रुपमा कसम खाएका थिए । विद्यार्थीहरुले ‘पोलिथिनजन्य सामाग्रीहरु जथाभावी विसर्जन नगरौं, ‘पोलिथिन जलाउनु अपराध हो’ लगायतका चेतनामुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपानेले विद्यालयलाई नगरपालिकाको पहिलो शून्य पोलिथिन क्षेत्रको रुपमा घोषणा गर्दा सम्पूर्ण विद्यार्थी र शिक्षक, शिक्षिका निकै हर्षित भएको बताए ।

सिम नेपालको आयोजना तथा व्यास नगरपालिकाको सहकार्यमा सुरु भएको यस अभियान मार्फत खुल्ला रुपमा फालिएका खाद्य वा अखाद्य वस्तुका खोल, तार तथा विद्युतिय सामाग्री, टायर, खेलौना, प्लाष्टिकका भाँडा, जुत्ताचप्पल, कपडा, बोरा, अपस्तालबाट निस्किएका फोहर लगायत सबै काम नलाग्ने पोलिथिनजन्य पदार्थलाई संकलन गरी व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । यी काम नलाग्ने सबै वस्तु कृषि भुमी, खेतबारी, सडक तथा राजमार्ग, नदी, खोला, कुला, नहर तथा अन्य पानीका स्रोत, वनजंगल क्षेत्र, नीजि तथा सरकारी कार्यालय परिसर, सार्वजनिक ठाउँ, पाटी, घाट, देवस्थल लगायतका सम्पूर्ण भागमा संकलन गरेर यसको दिगो व्यवस्थापन गर्नु नै शुन्य पोलिथिन अभियान हो ।

‘जुटौं सारा गाउँ र शहर शुन्य पोलिथिन व्यास नगर’ भन्ने नारा लिईएको यस अभियान माटो तथा पर्यावरणको संरक्षण र दिगो व्यवस्थापनमा जुट्न, नयाँ पुस्ताका लागि लक्षीत गरिएको छ । सन् २०१४ मा स्थापित सिम नेपाल संस्था स्थापनाकालदेखि नै नेपालका अधिकांश भौगोलिक, धरातलिय तथा विभिन्न समुदायमा वातावरण सम्बन्धी अध्ययन, अनुसन्धान र चेतनामुलक अभियान गर्दै आईरहेको यस संस्थाको पछिल्लो कार्यक्रम शून्य पोलिथिन अभियान हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सफलतापछि व्यास नगरपालिकामा सुरु भएको यस अभियान राष्ट्रिय तहमा अघि बढाउने दृढ संकल्प लिईएको छ । पोलिथिनजन्य सामाग्रीको दीर्घकालिन व्यवस्थापनमा जुट्ने संस्कारको विकास गराउने लक्ष्य यस अभियानको रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker