नेता तथा कार्यकर्तालाई कांग्रेस तनहुँको निर्देशन : तीनै तहको निर्वाचनको तयारीमा जुट्नुस
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत तनहुँमा हालै वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका ८५ वटा वडा मध्ये ६७ वटा वडामा सर्वसम्म नेतृत्व चयन भएको पार्टी सभापति बैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा अन्य वडामा आंशिक मतदान भएको उल्लेख गरेका छन् । पार्टी सभापति न्यौपानेले अब स्थानीय तहसहितका निर्वाचन समेत हुने भएकाले निषेधको राजनीतिबाट अलग रहेर बाँकी चुनाव समेत सफल पार्न पार्टीका क्रियाशिल सदस्यमा निर्देशन दिएका छन्।
करिब एक वर्ष भित्र हुने स्थानीय तह, प्रदेश र राष्ट्रिय स्तरीय आम निर्वाचनको तयारीमा जुट्न अपिल गरेको छ । निषेधको राजनीतिबाट अलग रहि गाउँ, प्रदेश, क्षेत्र र जिल्ला तहको निर्वाचनको तयारीमा जुट्न नेता, प्रतिनिधी र क्रियाशील सदस्यहरुमा पार्टीले अपिल गरेको छ ।
पार्टीको १४औ महाधिवेशनको निर्वाचनको सिलसिलामा देशभरि विभिन्न विवादका समाचारहरु नआएको पनि होइनन् । तर, तनहुँको केन्द्रदेखि गाउँ तहका नेताहरुले सहयोग सदभाव र निर्वाचन अधिकृत, मतदान अधिकृतहरुबाट भएको सहयोगका लागि पार्टीले आभार व्यक्त गरेको छ ।
निर्वाचनका क्रममा व्यासमा-४, बन्दिपुरमा ४, शुक्लागण्डकीमा २, घिरिङमा दुइ र देवघाट, आँबुखैरेनी र भिमादमा एक/एक गरी १८ वडाहरुमा आँशिक निर्वाचन भएको र ६७ वडाहरुमा सर्बसम्वत सम्पन्न भएको काँग्रेस तनहुँले जनाएको छ ।










