एमाले गण्डकीले पहिलो अधिबेशनको उद्घाटनमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने

पोखरा : नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ।

आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।

अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष के . पि ओलिले गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे।

पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागि पर्न आग्रह गरे।

पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सप्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उद्घाटन सभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, बडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसादले जानकारी दिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker