तनहुँको डुम्रेमा सामसुङको नयाँ शोरूम
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको डुम्रेमा जिपी गुरुङ्ग एण्ड सन्सले सामसुङ्गको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । विगत तीन दशक भन्दा बढी समयदेखि डुम्रे बजारमा विभिन्न इलेक्ट्रोनिक्स सामानहरूको बिक्री वितरण गर्दै आईरहेको सन्सले सामसुङ ब्राण्डका पारखीहरुलाई अब सबै प्रकारका होम एप्लाइन्सेसहरु एकै ठाउँमा पाउने गरी नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।
यही असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर बन्दिपुर-१ को डुम्रे बजारमा स्थित के.एल. भवनमा शोरुम सञ्चालनमा ल्याइएको छ । शोरुम शुभारम्भका अवसर र नेपालीका ठूला चार्डपर्वहरु दशैं तिहारलाई मध्यनजर गर्दै सामसुङ ब्राण्डका विभिन्न सामाग्रिमा ३५ प्रतिशत सम्मको छूट र दुइदेखि १० बर्षसम्मको वारेन्टीको अफर दिइएको छ ।
यस्तै, अन्य ब्राण्डहरु लिन चाहने ग्राहक वर्गहरुको लागि पनि अर्को शोरूमबाट एलजी, हिमस्टार, कोनका, सान्सुइ लगायतका अन्य ब्राण्डका विभिन्न प्रकारका टिभी, एल.इ.डी. टीभी, डी फ्रिज, मोबाइल, ए.सी., रेप्रिmजेरेटर, वाशिङ मेसिन, भ्याकुम क्लिनर, डिशहोम, घडी, रेडियो, म्युजिक सिस्टम लगायतका इलेक्ट्रोनिक्स सामानहरू ग्यारेन्टीका साथ बिक्री बितरण गरिएको सञ्चालक शम्सेर गुरुङले बताए ।










