भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि काम बन्दको घोषणा

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चितकालिन रुपमा काम बन्द गर्ने घोषणा गरेका छन् । नगरपालिकाका सामाग्रि चोरी गरेको आरोपमा कर्मचारीलाई हिरासतमा राखिएको भन्दै कर्मचारीले अनिश्चितकालिन रुपमा काम बन्द गर्ने घोषणा गरेका हुन्।

फुस्रेटारबाट भन्सारस्थित कार्यालयमा सामान लैजाने क्रममा शुक्रबार एक नगर प्रहरीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जनप्रतिनिधिकै उपस्थितीमा चोरीको झुटो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीलाई नियन्त्रणमा लिइएको भन्दै कर्मचारीले विरोध जनाएका हुन् ।

यस घटनाले आफूहरुलाई काममा असुरक्षित महसुस भएको र सुरक्षित तवरले काम गर्ने वातावरण नभएको भन्दै अनिश्चितकालका लागि काम बन्द गरिएको भन्दै कर्मचारीहरुले आइतबार विज्ञप्ति जारी गरेका छन् ।

नगरपालिकाको मुकाम भानु-२ फुस्रेटारमा भए पनि नगरपालिकाले त्यस ठाउँमा अपायक परेको भन्दै हाल भानु-१ भन्सारको कार्यालयबाट मुख्य प्रशासनिक काम गरिरहेको छ । त्यसका लागि सामान सार्ने क्रममा सबै कार्यालयकको काम फुस्रेटारबाटै हुनुपर्ने मागमा रहेका स्थानीय तथा जनप्रतिनिधिले कर्मचारीले सामान चोरी गरेको भन्दै उजुरी गरे पछि इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले चार जना कर्मचारीलाई नियन्त्रणमा लिएर मुचुल्का गराएको बताइएको छ ।

त्यसयता कर्मचारीले असुरक्षाको वातावरण भएको भन्दै काम बन्दको घोषणा गरेका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलले आफूहरुले अह्राएको काम गर्ने क्रममै चोरीको आरोप लागेपछि कर्मचारीले असुरक्षा महसुस् गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाको केन्द्र फुस्रेटार भए पनि कार्यालयका धेरै काम भन्सारमा हुन थालेपछि फुस्रेटारवासीले विरोध गर्दै आएका छन् । कार्यालयका सामान र्सार्न थालेपछि फुस्रेटारको कार्यालय पूर्ण स्थानान्तरण हुन सक्ने आशंकामा स्थानीय र जनप्रतिनिधिले स्थानान्तरण गरेपछि विवाद श्रृजना भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker