बहुपतिप्रथाको नेपाली डकुमेन्ट्री फिल्म ‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा अवार्ड

हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को-हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवाडए जितेको छ ।

अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो ।

यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए । आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

यसअघि अमेरिकाको मेरियट फिल्म महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

बहुपतिप्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker