खसी बनाउन बोकाको बन्ध्याकरण

तनहुँको ऋषिङ्ग गाउँपालिका अन्तर्गत पशु सेवा शाखाले वडा नं. ३ मा सञ्चालन गरेको घुम्ति शिविरमा खसी बनाउनका लागि बोकाको बन्ध्याकरण गर्दै गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक ।

पशु सेवा शाखाले वडा नं. ३ को नाजुङ्ग र सोलुङ्ग गाउँका पशुपालक कृषकहरुलाई पशु सेवा÷पशु स्वास्थ्य प्राविधिक मार्फत विभिन्न रोगहरुको उपचार, बन्ध्याकरण, रोग निवारण र परामर्श सेवा प्रदान गरेको थियो ।

तस्विर : भञ्ज्याङ










