युवाहरुद्वारा दमौलीमा सञ्चालित “जस्ट चिल”को शुभारम्भ

भञ्ज्याङ न्यूज

तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि जस्ट चिल सञ्चालनमा ल्याएको छ । व्यास-२ स्थित घण्टाघर चोक नजिकै उक्त जस्ट चिल नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। दमौली बजार क्षेत्रका बीस जना युवाहरुले पचास लाख रुपैयाँको लगानीमा उक्त व्यवसाय सञ्चालनमा ल्याइएको संञ्चालक माधव न्यौपानेले बताए ।

अधिकाँश सेवाहरु मेशिनरीबाट र्सर्भिस गर्ने व्यवस्था मिलाइएको र टेक्नोलोजीलाई प्रयोग गर्दै पार्टनरसीपमा हुने शंकालाई निराकरण गरी व्यवसाय शुरु गरिएको उनले बताए ।

कम्प्युटर बिलिङ पश्चात ग्राहकलाई टेबुलमा प|mेस खाना, चिकेन, भेज, कफी लगायतका परिकार सेवा प्रदान गरिने छ । जस्ट चिललाई नमुना बनाउँदै विभिन्न क्षेत्रमा उपशाखा बिस्तार गर्ने लक्ष्य लिइएको अर्का सञ्चालक सुरेश पुरीले बताए ।

उक्त व्यवसायको एक कार्यक्रमका बीच व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विहीबार उद्घाटन गरेका छन् । नगरप्रमुख न्यौपानेले पारिवारिक वातावरणमा रम्न चाहनेका लागि उपयुक्त स्थल बनेको बताए । ताजा, सफा, गुणस्तर परिकार र उचित व्यवस्थापनले अधिकांसको मनलाई सजिलै आकर्षण गर्न सक्ने विश्वास व्यक्त गर्दै नगरप्रमुखले सामुहिक व्यवसाय फस्र्टाई नरहेको अवस्थामा युवाहरु मिलेर सामुहिक व्यवसाय थाल्नु नमुना कार्य भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले स्वच्छ, सफा खाने परिकार एउटै छानाबाट उपलव्ध हुनु दमौलीबासीको लागि गौरवको बिषय भएको भन्दै सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा संविधान सभासदस्य रामचन्द्र पोख्रेल, शिक्षाविद् बिना कैनी, व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, दमौली बजार इकाईका सभापति भूपाल आले, तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार, दमौली कलेजका प्रमुख महेन्द्र न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker