कपडा बैंकको सहयोगार्थ “लायन्स महाउत्सव”

भञ्ज्याङ समाचारदाता/दमौली

आर्थिक स्थिति कमजोर भई कपडाबाट बञ्चित भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकको सहयोगार्थ अंग्रेजी नयाँ वर्षमा लायन्स महाउत्सव गरिने भएको छ । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका-३ स्थित अन्सन चौतारी अगाडिको दमौली सेन्टर पार्कमा डिसेम्बर ३१ मा न्यु इयार इभ कन्सर्ट-२०२१ सञ्चालन गर्ने आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। व्यास-३ तरकारी लाईनमा रहेको लायन्स कपडा बैंकको सहयोगार्थ महाउत्साव गर्न लागिएको क्लवका अध्यक्ष राजु रानाले बताए । ‘सामाजिक कार्य संगसंगै जिल्लालाई नै पर्यटकीय केन्द्रविन्दुको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘यसका लागि हामीले राष्ट्रिय स्तरका कलाकार र व्याण्ड पनि ल्याउने भएका छौं । स्थानीय कला, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।’

‘दमौली सानो ठाउँ रहेको र नयाँ वर्ष लक्षित त्यति कार्यक्रम नहुँदा पोखरा, चितवन लगायत स्थानमा तनहुँबासी मनोरञ्जन खोज्न जान्छन्’, उनले भने, ‘उनीहरुलाई यही टिकाइराख्न र नयाँ वर्षा साथीभाई र परिवारसंग आफ्नै ठाउँमा रमाउनका लागि पनि यो कार्यक्रमले मद्दत गर्नेछ ।’

उक्त महाउत्सवमा कलाकार सोनम तोपडेन, रचना रिमाल, सोभा त्रिपाठी, दि फ्रिक स्टि्रट व्यान्ड, राइभ डिजे र स्थानीय व्यान्ड र कलाकारको प्रस्तुति रहेको क्लवका सचिव विसाल पण्डितलले बताए । महाउत्सवको लागत करिव १५ लाख रुपैयाँको लागत अनुमान गरिएको र २ हजार बढि दर्शकको उपस्थिति रहने आयोजकले जनाएको छ । प्रवेश शुल्क ५ सय रुपैयाँ प्रति टिकट हुनेछ भने करिव ३ लाख रुपैयाँको बचत गर्ने क्लवले लक्ष्य लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker