बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित

बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित भएका छन् । केवलकार सहित बन्दीपुर क्षेत्रको उद्यम तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा संचार माध्यमबाट पु¥याएको योगदानको मुल्यांकन गर्दै उनीहरुलाई कम्पनीको तेश्रो बार्षिक साधारण सभाको अवसरमा सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य, काठमाडौंका सेतोपाटीकर्मी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मा रहेका छन् ।

बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार प्रदान गरिएको गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री हरिबहादुर चुमान, कम्पनीका अध्यक्ष रामचन् शर्मा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए । उनीहरुलाई जनही ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन एवं उद्यमशीलतामा चालिएका गतिविधिलाई प्रचारप्रसार गरि सहयोग गरेवापत कम्पनीले पत्रकार सम्मान तथा पुरस्कृत योजना अगाडि बढाएको कम्पनीका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए ।

यस बर्ष पुरस्कार छनोट समितिको संयोजकमा कम्पनीका निर्देशक तारानाथ उपाध्याय रहेका थिए भने सदस्यमा प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेल तथा संचालक समितिका हरिदत्त पौडेल रहेका थिए ।

तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई कम्पनीले नियमित प्रोत्साहन गरीरहेको छ ।

३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामि नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुको लागि बिशेष सहुलियत कार्ड समेत दिने घोषणा गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker