नेपालमा पर्यटन क्षेत्रमा संग्रहालयको प्रभाव

के.बि. मसाल

के.बि. मसालनेपालका शहर बजारमा केन्द्रित भएका संग्र्रहालय अहिले पर्यटनको क्षेत्रमा विभिन्न जनजाति र संस्कृतिलाई प्रतिबिम्बित गर्न ग्रामीण क्षेत्रमा पनि खुल्ने क्रम बढेको छ । देशका विभिन्न भूगोलमा रहेका थारु, गुरुङ, घले, मगर, तामाङ, राई–लिम्बु, शेर्पा, नेवार, चेपाङ लगायतका समुदायहरुले आफ्नो संस्कार, पोशाक, भेषभूषा, परम्परा, पुराना उपकरण, नाचगान र जीवनशैलीलाई संरक्षण गर्न गाउँमै अभियानकै क्रममा संग्रहालय स्थापना गर्न थालेका छन । सग्रहालयमा पर्यटकहरुले ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक वस्तुहरुको बारेमा अध्ययन गर्दछन । संस्कृतिमा रुचि राख्ने पर्यटकहरुले जब नयाँ ठाउँमा पुग्छन, त्यहाँको भौगोलिक सौन्दर्य, जनजीवन, रहनसहन, भाषा, कला, परम्परा र ऐतिहासिक कुरा सबै बुझन चाहन्छन ।

नेपालका शहर बजारमा केन्द्रित भएका संग्र्रहालय अहिले पर्यटनको क्षेत्रमा विभिन्न जनजाति र संस्कृतिलाई प्रतिबिम्बित गर्न ग्रामीण क्षेत्रमा पनि खुल्ने क्रम बढेको छ । देशका विभिन्न भूगोलमा रहेका थारु, गुरुङ, घले, मगर, तामाङ, राई–लिम्बु, शेर्पा, नेवार, चेपाङ लगायतका समुदायहरुले आफ्नो संस्कार, पोशाक, भेषभूषा, परम्परा, पुराना उपकरण, नाचगान र जीवनशैलीलाई संरक्षण गर्न गाउँमै अभियानकै क्रममा संग्रहालय स्थापना गर्न थालेका छन । सग्रहालयमा पर्यटकहरुले ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक वस्तुहरुको बारेमा अध्ययन गर्दछन । संस्कृतिमा रुचि राख्ने पर्यटकहरुले जब नयाँ ठाउँमा पुग्छन, त्यहाँको भौगोलिक सौन्दर्य, जनजीवन, रहनसहन, भाषा, कला, परम्परा र ऐतिहासिक कुरा सबै बुझन चाहन्छन ।

पर्यटकहरुले जहिले पनि घुम्ने क्रममा नयाँ ठाउँ, नयाँ कुरा र पुराना संस्कृतिका कुराहरु खोज्दछन । पर्यटकहरुका लागि नयाँ भनेको केवल भौगोलिक ठाउँ मात्र हुँदैन । पुराना संस्कृतिका अवशेष र वस्तुहरुको लोककथा जान्न खोज्दछन । संस्कृति र पुराना ऐतिहासिक सामान प्रति पर्यटकहरु आकर्षण हुन्छन । नयाँ पन र अनुभव पर्यटनको मुख्य उद्देश्य हुन्छ । प्रायः गाउँघरमा मानव समाजको इतिहास र सभ्यताका पुराना सामग्री सुरक्षित हुन्छ । ढुङ्गाका औजार, परम्परागत पोशाक, लोकसंगीतका वाद्य, कृषि उपकरण, धातु वा माटाका भाडाकुडा अर्थात वस्तुहरु, चित्रकला र मुर्तिहरु यी सबैले पर्यटकहरुलाई अतितको कथा सुनाउँछन । पर्यटकहरुले स्थानीय जीवन, इतिहास र संस्कृतिलाई अनुभूति गर्न चाहन्छन । त्यसैले ती वस्तुहरु हेर्न र बुझ्नको लागि संग्रहालय महत्वपूर्ण केन्द्र बन्दछ । संग्रहालय गाउँ र संस्कृतिको दर्पण अर्थात ऐना हो । संग्रहालय समुदायको सांस्कृतिक परिचयको केन्द्र पनि हो । यसले गाउँको इतिहास, जीवनशैली, कृषि प्रणाली, धर्म, लोककला र परम्परागत वस्तुहरुको संरक्षण गर्दछ । संग्रहालयमा गाउँको धेरै कुरा पर्यटकले अध्यन गर्न सक्दछन । त्यसैले पर्यटक गाउँमा पुग्दा गाउँको सुन्दरता मात्र होइन । त्यो गाउँको संग्रहालयमा राखिएका बस्तुहरु हेर्न चाहन्छन । संग्रहालय राखिएका वस्तुहरु बोल्दैनन् तर इतिहास सुनाउँछन ।

पर्यटनका लागि संग्रहालय जीवित विद्यालय हो । पर्यटन प्रवद्र्धन लागि संग्रहालय खुल्दै जानु राम्रो पक्ष मान्नु पर्दछ । संग्रहालयलाई अंग्रेजीमा म्युजियम भनिन्छ । ल्याटिन शब्द म्युजियम ग्रीक शब्द मउसाबाट उत्पत्ति भएको हो । नेपालीमा म्युजियमलाई संग्रहालय भनिन्छ । नवौँ र दशौँ शताब्दितिर युरोपका गिर्जाघरहरुमा बहुमुल्य, आकर्षक वस्तुहरु संकलन गरिएका थिए । त्यो बेला सौखिन र धनाड्य मानिसहरुले पनि आ–आफ्नै ढंगले विविध सामाग्री संकलन गर्दथे। नीजि घर र गीर्जाघरमा त्यस्ता सामानहरु थुप्रदै गएर नअटने भएपछि सत्रौँ शताब्दीमा एउटा बेग्लै घरमा ती सामान सारिएर संग्राहलयको स्वरुपमा परिणत भएको मानिन्छ सामान्यतया म्युजियम भन्नाले मठ, मन्दिर, चर्च आदिका विभिन्न बहुमूल्य, कलात्मक एवं सांस्कृतिक वस्तुहरु संकलन गरिने घर वा मनोरञ्जन स्थलको रुपमा थियो । प्राचीन वस्तुहरुको खोजी गर्ने रुचिले त्यस्ता वस्तुहरुको संकलन गर्ने र अध्ययन गर्ने चलन युरोपका विद्वानहरुले थालेका थिए । पछिल्लो चरणमा पुराना सामग्री खोज्न राजपरिवार र व्यापारीले पनि क्रियाशीलता देखाए । यही क्रमको निरन्तरता स्वरुप सग्रहालयको विकास भएको हो ।

बेलायतमा सन् १६८३ मा औपचारिक रुपमा खुलेको अक्सफोर्ड विश्वविद्यालयको अक्समोलियन म्युजियम विश्वकै पहिले संग्राहलय हो । सन् १७५३ मा बेलायतमै खुलेको ब्रिटिश म्युजियम लोकप्रिय चर्चित संग्राहलयमा पर्दछ । अमेरिकामा १८६९ मा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्री र १८७९ मा मेट्रोपोलिटियन म्युजियम अफ आर्ट, न्युर्योक स्थापना भएको थियो । मेट्रोपोलिटियन म्युजियम अफ आर्ट संसारकै ठूलो संग्राहलयमा पर्दछ । विश्वकै विभिन्न देश इजिप्ट, रोम, ग्रीस, चीन, भारत, तिब्वत, नेपालका मुर्ति चित्र र कलात्मक वस्तुहरुको संग्रह र प्रदर्शन त्यहाँ गरिएको छ । नेपालमा संग्रहालयको इतिहास पनि यस्तै छ । नेपालमा विभिन्न प्रकृतिका सग्रहालय सन्चालित छन् । जुद्ध शमशेरले बि.स. १९९५ मा नेपालमा म्यूजियम सर्वसाधारणका लागि खुला गरेका थिए। जुद्ध शमशेरले नै १९९९ सालमा जुद्ध जातीय कलाशालाको स्थापना गरेका थिए । हनुमानढोका दरबार सग्रहालय बि.सं. २०३३ सालमा स्थापना भएको हो । संग्रहालयहरुले विभिन्न विद्यागत ग्यालरी सन्चालन गरेका छन्। राष्ट्रिय सग्रहालयले प्राकृतिक विज्ञान ग्यालरी, ऐतिहासिक, राष्ट्रिय मुद्रा सग्रहालय र बुद्ध आर्ट ग्यालरी सञ्चालन गरिरहेको छ । त्यस्तै, हनुमानढोका दरबार सग्रहालयमा तीनओटा ग्यालरी छन् । संग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका छुट्टाछुट्टै ग्यालरी राखिएको छ ।

पर्यटकहरुले संग्रहालयको बारेमा जान्न खोज्दछन । इतिहासको विभिन्न कालखण्डमा बसोवास गरेका विभिन्न मानव समुदाय वा मानव समुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोवास गरिरहेका विभिन्न जात जाति एवं समुदायका पुर्खाहरुले सिर्जना र अवलम्बन गरी पछिल्लो पुस्तालाई जिम्मा लगाएर गएका भौतिक र अभौतिक सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्ठिगत रुप नै संग्रहालय हो । संग्रहालय भएका गाउँहरुमा पर्यटकहरु धेरै पुग्दछन। किनभने पर्यटकहरुले गाउँको इतिहास, परम्परा, जीवनशैली र सांस्कृतिक सम्पदाको बारेमा अध्यन गर्न सक्दछन। संग्रहालयले पर्यटकहरुलाई स्थानीय पहिचान नजिकबाट बुझने मौका दिन्छ । विद्यार्थी, अनुसन्धानकर्ता र संस्कृति प्रेमीका लागि संग्रहालय ज्ञानको स्रोत हुन्छ । जसले शैक्षिक पर्यटनलाई प्रवद्र्धन गर्दछ । सग्रहालय मार्फत लोपोन्मुख परम्परा र संस्कृतिको पुनर्जीवन हुन्छ । जसले गाउँलाई नयाँ पहिचान दिन्छ । अहिले पर्यटन क्षेत्रमा भएका परिवर्तनले गाउँ घरमा पर्यटनको केन्द्र बन्न थालेका छन। सांस्कृतिक तथा अध्ययनमुखी पर्यटनको विकास भएको छ । स्थानीय युवामा रोजगार र उद्यमशीलता बढेको छ। गाउँलेहरुमा आफ्नै संस्कृतिप्रति गर्व र संरक्षणको भावना विकसित भएको छ । अको तर्फ पर्यटकहरुको आगमनले गाउँमा होटल, रेस्टुरेन्ट, हस्तकला, र यातायात जस्ता स्थानीय सेवाले आम्दानीको स्रोत भएको छ ।

विशेष गरी पर्यटकीय गाउँमा संग्रहालय अवलोकनका लागि पर्यटकहरुको संख्या बढ्दै गएको छ । जनजाति गाउँका संग्रहालयहरुले लोपोन्मुख हुँदै गएका परम्परागत वस्तुहरु जस्तै पुराना औजार, भाँडाकुँडा, घर बनाउने परम्परागत ढाँचा, गरगहनाहरु, धार्मिक वस्तुहरु, भेशभूषा र लोकसंगीतका सामग्रीहरु जोगाइ रहेका छन। यसले समुदायको सांस्कृतिक पहिचानलाई पुस्तौंदेखि पुस्तासम्म जीवित राख्ने काम गरेको छ । थारु समुदायको थारु सांस्कृतिक संग्रहालय चितवन र दाङको चखौरा, गुरुङको पोखरा गुरुङ सांस्कृतिक संग्रहालय, राई–लिम्बुको खालिङ संग्रहालय भोजपुर, शेर्पाको नाम्चे म्युजियम सोलुखुम्बु, तामाङको रामेछाप र नुवाकोटमा रहेका तामाङ संस्कृति गृह आदि उदाहरण बनेका छन । यी स्थानहरुमा पर्यटकहरु गाउँकै जीवनशैली प्रत्यक्ष हेर्न पुग्दछन। यसले गाउँमा होमस्टे, हस्तकला र स्थानीय उत्पादनको बजार विस्तार गरेर आर्थिक समृद्धि पनि ल्याएको छ ।

संग्रहालयमा राखिएका वस्तुहरु अध्ययनका लागि जीवित अभिलेख हुन्छन । विद्यार्थीहरुले समाजशास्त्र, संस्कृति र इतिहासका विषयमा यथार्थ सामग्री पाउँछन। विश्वविद्यालयका अनुसन्धानकर्ता र लेखनमा रुचि राख्नेहरुका लागि संग्रहालयहरु स्रोत सामाग्री बनेका हुन्छन् । संग्रहालयहरु स्थानीय समुदायकै पहलमा बनेका हुँदा, गाउँलेहरुमा आफ्नो संस्कृति प्रतिको गर्व र जिम्मेवारी हुन्छ । परम्परागत घर, बाजा, पहिरन पुनर्जीवित भएका हुन्छन । आफ्नो कुरा आफ्नै ठाउँमा प्रदर्शन गर्न पाउँदा समुदायका लागि आत्म सम्मान हुन्छ । संग्रहालयमा स्थानीय समुदायहरुका इतिहास र संस्कृतिहरु अभिलेखित हुन्छन । संग्रहालयहरुले राष्ट्रिय ऐक्यबद्धता र सांस्कृतिक सहअस्तित्वलाई सुदृढ बनाउने माध्यमको रुपमा योगदान दिइरहेका छन । गाउँहरुमा संग्रहालय निर्माणको अभियान केवल भौतिक संरचना बनाउने काम मात्र नभएर आफ्नै अस्तित्व, गौरव र ज्ञानको पुनर्जीवन भएको छ ।

पर्यटकीय गाउँमा सन्चालन भएका सांस्कृतिक संरक्षण सग्रहालयहरुले विस्मृत हुँदै गएका कलाकृति, लिपि, ताम्रपत्र, मूर्ति, हतियार, परम्परागत उपकरण, र जातीय पोशाकहरुलाई सुरक्षित राखेका छन । पाटन संग्रहालयले नेवारी मूर्तिकला र वास्तुकलाको अमूल्य सम्पदा जोगाएको छ। जनकपुर संग्रहालयले मिथिला कलाको जीवित परम्परा संरक्षण गरेको छ । विद्यालय, विश्वविद्यालयका विद्यार्थीहरुले इतिहास र संस्कृतिको अध्ययनका लागि संग्रहालयहरु प्रयोग गर्न पाएका छन । विश्वविद्यालय र कला–संस्कृति विभागका अनुसन्धानकर्ताहरुले संग्रहालयका वस्तुहरुलाई प्रमाणका रुपमा उद्धृत गर्दछन । राष्ट्रिय पहिचानको संरक्षण सग्रहालयले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक समाजको विविधतालाई एकीकृत रुपमा देखाउँछ। यसले नेपालको आत्मा कस्तो छ भन्ने प्रश्नको उत्तर दिन्छ। काठमाडौं उपत्यकामा भित्रिने धेरै पर्यटकहरु सग्रहालयमा पुग्दछन । संग्रहालयहरु वाह्य पर्यटकहरुका लागि नेपालको इतिहास र संस्कृतिको अध्यन थलो बन्दछ ।

आजकल गाउँमा पुग्ने पर्यटकहरु केवल प्राकृतिक दृश्य हेर्नका लागि मात्रै होइन, गाउँको इतिहास, संस्कृति, परम्परा र जीवनशैली बुझनका लागि पनि रुचि राख्दछन। त्यसैले पर्यटकहरुले गाउँमा प्रवेश गर्दा सग्रहालय छ कि छैन भनेर जिज्ञासा राख्दछन । किनभने पर्यटकहरुले दृश्यभन्दा बढी गाउँले जीवनको कथा बुझन चाहन्छन । गाउँमा रहेको सग्रहालयले गाउँको इतिहास र पहिचान दिन्छ । संग्रहालयमा राखिएका पुराना लुगा, भाँडाकुँडा, हतियार, खेतीका उपकरण, धार्मिक सामग्री, रीतिथिति, जात्रा, परम्परागत गीत–वाद्यहरु सग्रह गरेर राखिएको हुन्छ । संग्रहालयमा गाउँको सामाजिक कथा जीवित रहन्छ। त्यसैले पर्यटकहरु गाउँमा पुग्नासाथ संग्रहालयबारे सोध्ने गर्दछन । आजको पर्यटनमा संस्कृति नै मुख्य आकर्षण बन्दै गएको छ । विशेष गरी ग्रामीण र धार्मिक पर्यटनमा पर्यटकहरुले स्थानीय परिकार, वेशभूषा, गीत–नृत्य, घरको बनावट, खेतीपाती र लोककथामा चासो देखाउँछन । गुरुङ, मगर, थारु, नेवार, राई–लिम्बू गाउँमा पुग्ने पर्यटकहरुले ती समुदायका परम्परागत घर, नाच, र संस्कार हेर्न चाहन्छन ।

गाउँको विकासका लागि केवल सडक मात्र होइन संस्कृति र इतिहास जोगाउने स्थान पनि जरुरी छ। जब गाउँमा सग्रहालयहरु स्थापना हुन्छन तब गाउँले को पहिचान सुरक्षित रहन्छ र पर्यटकहरुलाई त्यस गाउँको आत्मा बुझने अवसर मिल्छ । पर्यटनका क्षेत्रमा संग्रहालयले गरेको परिवर्तन निकै महत्वपूर्ण र बहुआयामिक छ । संग्रहालय आज केवल पुराना वस्तुहरुको भण्डारण स्थल मात्र होइन, सांस्कृतिक, ऐतिहासिक र शैक्षिक पर्यटनको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । यसले पर्यटनको माध्यकबाट गाउँको पहिचान, सभ्यता, संस्कृति र ऐतिहासिक गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको छ । संग्रहालयले कुनै राष्ट्रको इतिहास र सभ्यताको जीवन्त झल्को दिन्छ। जब पर्यटकहरु संग्रहालयहरुमा पुग्छन, पुरातात्विक वस्तु, पुराना लिपि, मूर्तिहरु, हतियार, सिक्का, भाँडाकुँडा, र पहिरनहरु हेरेर तत्कालीन जीवनशैलीबारे ज्ञान प्राप्त गर्छन । सग्रहालयले पर्यटनलाई केवल मनोरञ्जनात्मक नभई शैक्षिक र अनुसन्धानमुखी बनाएको छ । अहिले पर्यटकहरु पुग्ने धेरै गाउँमा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिंदै संग्रहालयलाई मुख्य आकर्षण बनाएका छन ।

पहिले सग्रहालयहरु परम्परागत ढंगले सन्चालनमा आएका थिए । अहिले भने डिजिटल प्रविधि, भर्चुअल रियलिटी अडियो गाइड, र इन्टरएक्टिभ डिस्प्लेहरुका कारण पर्यटकहरुको अनुभव अत्यन्तै रोचक बनेको छ। केही आधुनिक संग्रहालयहरुमा भर्चुअल प्रदर्शनी राखिएको छ । जहाँ पर्यटकले आफ्नो मोबाइल वा टयाब प्रयोग गरेर वस्तुको इतिहास र प्रयोग देख्न सक्छन। यसले युवापुस्तालाई आकर्षित गर्दै पर्यटनलाई प्रविधि–मैत्री बनाएको छ। जुन कारणले सग्रहालयहरु राष्ट्रिय एकता र साझा सांस्कृतिक सम्पदाको प्रतीक बनेका छन । पर्यटकले विभिन्न जात, धर्म र समुदायका संस्कृतिहरु एउटै ठाउँमा देख्दा बहुलता र सह–अस्तित्वको मूल्य बुझन पाएका छन। यसले देशको सांस्कृतिक कूटनीतिमा पनि योगदान पु¥याएको छ । अहिले लुम्बिनी म्युजियम बुद्धसँग सम्बन्धित वस्तुहरुको माध्यमबाट धार्मिक पर्यटन र शान्ति सन्देश प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक तान्न सफल भएको छ। यसले नेपाललाई केवल हिमाल र प्राकृतिक दृश्यका कारण होइन, संस्कृति र दर्शनको देशका रुपमा पनि चिनाएको छ । संग्रहालयले पर्यटन क्षेत्रमा गरेको परिवर्तन गहिरो र स्थायी भएको छ। यसले पर्यटकहरुलाई ज्ञान, अनुभव र आत्मपहिचानको यात्रामा रुपान्तरण गरेको छ ।

नेपालमा जनजाति जातीय संग्रहालयको संख्या कति छ त्यसको तथ्याङ्क भने राज्यसंग छैन । जातीय संग्रहालयहरुको अस्तित्वले पर्यटन क्षेत्रमा विभिन्न रुपले सकारात्मक प्रभाव पु¥याएको छ । पर्यटकहरु पुग्ने गाउँका संग्रहालयले स्थानीय रोजगारी सिर्जना हुन्छ । सग्रहालय राष्ट्रको इतिहास, चेतना र आत्माको संरक्षण केन्द्र हो । जहाँ संग्रहालय हुन्छ त्यहाँ संस्कृति जीवित रहन्छ । जहाँ संस्कृति जीवित रहन्छ, त्यहाँ पर्यटन समृद्ध हुन्छ । नेपालका संग्रहालयहरुले सांस्कृतिक स्मृतिलाई संरक्षण गरेर पर्यटकहरुलाई देशको आत्मा देखाउने झयाल बनेका छन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker