म्याग्दे गाउँपालिका-२ जामुनेमा आयुर्वेदिक औषधालय सञ्चालन

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेमा आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइएको छ । विसं २००६ मा स्थापना भएको जामुने आयुर्वेदिक औषधालयको अहिले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । गाउँपालिका अध्यक्ष मायादेवी रानाले औषधालयको भवन उद्घाटन गरेपछि सञ्चालनमा ल्याइएको हो ।

संघीय सरकारको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । कूल एक करोड ५८ लाख ८८ हजार २३१ को लागतमा भवन निर्माण गरिएको हो ।

त्यसैगरी, गाउँपालिका मातहतका वडा नं ३ र ४ को नवनिर्मित दुइ भवनको हालै उद्घाटनपश्चात् सञ्चालनमा ल्याएको छ । उक्त दुवै भवन ४५ लाख ३० हजार ९२४ का दरले निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

वडा कार्यालय भवन बनाउन निःशुल्क रूपमा आठ आना जग्गासहित पास खर्चसमेत व्यहोर्ने गरी स्थानीय कृष्णराज पण्डितले प्रदान गरेका हुन् । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने सोच बनाए पनि कोभिड तथा ठेकेदारका कारण वडा नं ६ र ७ भवन निर्माण सम्पन्न गर्न नसकिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker