तनहुँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई उपकरण

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो ।

प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चार कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहनुभएको छ ।

यसैगरी भकारो सुधार कार्यक्रममार्फत् राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई सहयोग गरिएको छ । प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तामाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई सहयोग गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृषि उपकरण वितरण गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सरकारले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो । सोही बमोजिम तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker