तनहुँमा विविध कार्यक्रम गरी ६८औं प्रहरी दिवस मनाइयो
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले ६८औ प्रहरी दिवस मनाइएको छ । दिवसको अवसरमा सहिद प्रहरीका परिवारलाई सम्मान, खेलकुद कार्यक्रमका विजेता र निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने बताए । सीमित स्रोत र साधनका बाबजुद प्रहरीले काम गर्दै आएको र प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न सधै अग्रणी भूमिका खेलेको उनले बताए ।
सोही क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँण, वरिष्ठ प्रहरी नायब निरीक्षक राजिव विष्ट र प्रहरी सहायक निरीक्षक घनश्याम चौधरीलाई सम्मान गरिएको थियो ।










