शुक्लागण्डकी निती, कार्यक्रम : १ अर्ब २८ करोड ४९ लाख बजेट पारित

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष२०७८/०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट पारित भएको हो ।

चालु आर्थिक बर्षा लागि शुक्लागण्डकीले १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक बर्ष२०७७/०७८ को तुलनामा ५ करोड ९९ लाख ४२ हजार ९ सय १४ रुपैयाँले बढी बजेट ल्याईएको हो । अघिल्लो बर्ष१ अर्ब २२ करोड ४९ लाख ८६ हजार १ सय ८६ रुपैयाँको बजेट र्सार्वजनिक भएको थियो ।

चालु बर्षमा सबैभन्दा बढी बजेट पूर्वाधार बिकासलाई विनियोजन गरिएको छ । नगर उपप्रमुख सविता रर्साईलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार बिकासलाई मात्र १७ करोड रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकासमा विनियोजन भएको रकम गत बर्षो तुलनामा कम रहेको छ । गतबर्ष पूर्वाधार बिकास शिर्षमा २० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

सामाजिक बिकासतर्फ८ करोड ३० लाख ४ हजार १ सय रुपैयाँ बजेट छुट्याएको रर्साईलीले बताईन् । आर्थिक विकासमा २ करोड ७५ लाख ३५ हजार रुपैयाँ, वातावरण तथा विपद्मा २ करोड ४२ लाख ५० हजार रुपैयाँ, सुशासन तथा संस्थागत बिकासमा १ करोड ३६ लाख रुपैयाँ, चालु पुँजीगतमा १२ करोड ३६ लाख रुपैयाँ, प्रदेश समपुरकमा २ करोड रुपैयाँ, वडागत सिलिङमा १० करोड ८७ लाख रुपैयाँ, क्रमागत अल्या योजनामा ९ करोड ३४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गरिबसंग विश्वेश्वर कार्यक्रमका लागि ५ लाख, र्सशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, सडक बोर्डमा ६० लाख रुपैयाँ, जनसहभागिताका लागि ५ करोड रुपैयाँ र सामाजिक सुरक्षा शिर्षमा १८ करोड रुपैयाँ विनियोजन भएको उपप्रमुख रर्साईलीले जानकारी दिईन् ।

आम्दानीतर्फ संघ सरकारको समानिकरण अनुदानमा १५ करोड ४७ लाख रुपैयाँ, राजस्व बाँडफाँडमा १० करोड ३९ लाख २३ हजार रुपैयाँ, सशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, प्रदेश सरकारको समानिकरण अनुदानमा १ करोड ८८ लाख ३८ हजार रुपैयाँ, राजस्व बाँडफाडमा १ करोड ३७ लाख १९ हजार रुपैयाँ, समपुरक अनुदानमा २ करोड रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, आन्तरिक आम्दानी १९ करोड ९१ लाख ५९ हजार १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । अल्या ४ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्ता १८ करोड रुपैयाँ, क्रमागत अल्या गरिएको योजना ९ करोड ३४ लाख ४० हजार रुपैयाँ, सडकबोर्ड ६० लाख रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्क २ करोड रुपैयाँ, वनबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पक्की नाल, कालोपत्रे, कल्भर्ट निर्माणमा जनसहभागिताबाट ५ करोड आम्दानी हुने जनाईएको छ ।

गत असार १० गते सुरु भएको नवौ नगरसभा शोक प्रस्ताव पारित गरेर स्थगति भएको थियो । संवैधानिक व्यवस्था अनुसार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि डाकिएको नगरसभा वडा नम्बर ६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थगित भएको थियो । नगरसभामा प्रस्तुत नगरिएपनि नगरसभा सदस्यलाई बजेट, नीति तथा कार्यक्रमको प्रति उपलब्ध गर्राई सार्वजनिक गरिएको थियो ।

बजेट, नीति तथा कार्यक्रमको अध्ययन गरी नगरसभा सदस्यले विहीबार सुझाव दिएका थिए । विहीबार नै पारित गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिए ।

नगरसभामा प्रमुख गुरुङले पेश गरेको विनियोजन विधेयक २०७८, आर्थिक ऐन २०७८ संगै स्थानीय तह कर्मचारी व्यवस्थापन ऐन, न्यायिक समितिको कार्यविधि व्यवस्थित गर्ने ऐन र अनुगमन समिति सञ्चालन कार्यविधी ऐन र्सवसम्मत पारित भएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

कोभिड नियन्त्रणमा खटिएको र्फन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने नीति समेत पारित भएको कुमालले बताए । शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधीले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम, कृषी, पर्यटन, पूर्वाधार, कोरोना नियन्त्रणलाई मध्यजनर गरेर बनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker