कांग्रेस तनहुँद्वारा वडा प्रतिनिधि चयन

भञ्ज्याङ समाचारदाता/दमौली

प्रतिनिधि चयननेपाली कांग्रेस तनहुँले दशवटै स्थानीय तहका ८५ वडामा अनुगमन प्रतिनिधि चयन गरेको छ । कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले जिल्लाका सबै वडाहरुमा सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि प्रतिनिधि चयन गरेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गरेकाले वडा वडामा पुगेर प्रतिनिधिले पाटीका विविध कार्यक्रम सञ्चालन गर्ने जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँ गाउँसम्म कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ,’ खनालले भने ।

जिल्ला सभापति जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न बैठकले हरेक महिनाको ४ गतेसम्म टोल तथा वडाको, ६ गतेसम्म नगरर्काय पनि गरेको छ । यसैगरी बैठकले जिल्ला सदस्य संयोजक रहने गरी विभिन्न शाखा गठन गरेको छ ।

महिला शाखा संयोजकमा मीरा जोशी, अभिलेख शाखा संयोजकमा हरि वाग्ले, भूपू सैनिक शाखाको संयोजकमा रामबहादुर अधिकारी, कार्यालय व्यवस्थापन एवं कार्यक्रम तथा समन्वय शाखा संयोजकमा हुतमणि अधिकारी, कृषि तथा सहकारी शाखा संयोजकमा सूर्यभक्त भण्डारी, वन वातावरण तथा विपद् शाखा संयोजकमा दलबहादुर दुरा, लेखा विभाग शाखाको संयोजकमा तिलबहादुर थापा, स्वास्थ्य तथा शिक्षा शाखा संयोजकमा अम्बिका घिमिरे चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker