लागुऔषध सहित आँवुखैरेनीबाट एक युवक पक्राउ

भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

वीरगञ्जबाट पोखरातर्फआउँदै गरेको ग१ख ००८९ बस रोकी चेकजाँच गर्दा बसमा सवार निजलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

निजसँग ४३५ ट्याब्लेट बरामद गरिएको छ भने निज विरुद्ध शुक्रबार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker