दमौली अस्पताललाई जग्गा व्यवस्थापनमा व्यास नगरपालिकाले पहल गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाले दमौली अस्पताललाई आवश्यक पर्ने जग्गा व्यवस्थापनमा पहल गर्ने भएको छ । नगरकार्यपालिकाको मंगलबार बसेको नियमित बैठकले अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको जिल्ला कृषि ज्ञान केन्द्रको जग्गा, भवन दमौली अस्पताललाई उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको बैठकले कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गरी उक्त कार्यालयको स्वमित्वमा रहेको जग्गा दमौली अस्पताललाई उपलब्ध गराइदिन गण्डकी प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकमा आन्तरिक कर्मचारी सेवा सुविधा सम्बन्धमा कार्यविधि संशोधन गर्न विद्यमान समितिलाई जिम्मा दिने निर्णय गरेको छ । निम्बस फाउन्डेसन बिराटनगरसंग व्यास-१० दुम्सी बजारमा नगर अस्पतालको पुर्वाधार एवं आवश्यक उपकरणका लागि वजेट व्यवस्थापन गरिदिन अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ ।

बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा समिक्षा गर्दै गत वर्षदेखि नै घर निर्माण गर्न बाँकी लाभग्राहीको घर निर्माण प्रकृयाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग पहल गर्ने भएको छ । यस्तै, वन ऐन, २०७५ को दफा २२ (१) बमोजिम व्यास नगरपालिका भित्रका सामुदायीक वन उपभोक्ता समितिसंग आ.ब २०७७/०७८ र २०७८/०७९ को वार्षिक कार्ययोजना एवं आयव्यय अभिलेख माग गर्ने बैठकले निर्णय गरेको प्रवक्ता एवं वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराए । बैठकले नेपाली महिलाहरुको महानपूर्व हरितालिका तिजको अवसरमा भादौ २४ गते व्यास नगरपालिका अन्तरगतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker