खडेरीले रोपाइँ प्रभावित, तनहुँमा ७० प्रतिशत मात्र रोपाइँ

भञ्ज्याङ समाचारदाता/दमौली

असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर देशभर परेको छ । असार महिना सकिएर साउन लागिसकेपनि कृषकले अझै रोपाइँभञ्ज्याङ समाचारदाता/दमौली सकेका छ्रैनन् । तनहुँमा असार अन्तिमसम्म करिब ९० प्रतिशत रोपाई सकिनुपर्नेमा हालसम्म जम्मा ७० प्रतिशतको हाराहारीमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

‘यस वर्ष समयमै प्रयाप्त वर्षा भएपनि असार महिनाको अन्तिमसमयमा आएर लामो खडेरी परेका कारण रोपाइँ प्रभावित भएको छ’, उनले भने, ‘जिल्लामा सिंचाई सुविधा पुगेका खेत तथा फाँटहरुमा कृषकहरु धान रोपाइँ सकेपनि आकाशे पानीको भरमा रोपिने टारीटुकुरामा कृषकले रोपाइँ गर्न सकेका छैनन् ।’

लामो समय खडेरी परेमा रोपिएको धान खेतमा प्रयाप्त सिंचाई नपुग्ने र बाँकी रहेको टारीटुकुरामा पनि रोपाइँ ढिलाइ भएमा धान उत्पादनमा असर पर्ने खतरा बढेको प्रमुख तिवारीले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये दुइ हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको छ । गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मट्रिकटन धान उत्पादन भएको थियो ।

तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् ।

यस्तै, खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका अनुसार हाल पोटास मल मात्रै मौज्दात छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको शाखाले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म एक हजार एक मेटि्रक टन मल वितरण गरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा ६२४.४ मेटि्रक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेटि्रक टन डिएपी र पाँच मेटि्रक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेटि्रक टन युरिया रहेकामा पछि ४८३ मेटि्रक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेटि्रक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ ।

मल अभाव कायमै, साउन १५ गतेपछि मागको ५० प्रतिशत मल आपूर्ति हुने

यस्तै, जिल्लामा मल अभाव कायमै रहेको र मल आपूर्ति कार्य भइरहेको हुँदा साउन १५ गतेपछि जिल्लामा मागको करिब ५० प्रतिशत मल प्राप्त गर्ने अवस्था रहेको बताइएको छ । यस्तै, लामो खडेरी पर्दा मधेश र एक नम्बरको धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।

३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत)मा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

‘यसवर्ष कम मात्रामा रोपाइँ भएको छ । यसको मुख्य कारण मनसुन ब्रेक हो,’ प्रवक्ता सञ्जेलले भने, ‘यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको छ । मंगलबारसम्ममा मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।’

कृषि विभागकाअनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकी यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।

विभागका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब २७ हजार हेक्टर बढेको छ । गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकामा यस वर्ष यस्तो क्षेत्रफल १५ लाख ४ हजार ४८६ हेक्टर पुग्ने विभागको अनुमान छ । तथ्यांक हेर्दा यस वर्ष देशैभरको समग्र रोपाइँलाई वर्षाले असर गरेको मन्त्रालयले जनाएको छ ।

असार मसान्तसम्म बागमती प्रदेशमा ६५, गण्डकी र लुम्बिनीमा प्रदेशमा ७५, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस वर्ष गत वर्ष भन्दा गण्डकबाहेकका सबै प्रदेशमा कम मात्रामा रोपाइँ सकिएको विमागले जनाएको छ। गण्डकीमा गत वर्ष भन्दा ३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको छ । यस्तै बागमतीमा १३ प्रतिशत कम, लुम्बिनीमा प्रदेशमा १२, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा ४ प्रतिशत क्षेत्रफलमा कम रोपाइँ भएको विभागको तथ्यांक छ ।

नेपाल कृषि अनुसन्धान परिषद् -नार्क) ले रोपाइँ कम हुनुको कारणलाई नजिकबाट नियली रहेको जनाएको छ । नार्कले आफ्ना देशभरका स्टेसन र मौसम प्रणालीलाई हेरेको र मंगलबारदेखि मनसुन सक्रिय हुने सूचना पाएको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । पानी नपरेकै कारण रोपाइँ कम भएको भन्दै उनले केही दिनमै पानी पर्ने भएकाले रोपाइँका लागि तयारी गर्न किसानलाई आग्रह गरे । ‘रोपाइँ कम हुनुको कारण पानी नै हो ।

अहिले दक्षिणतिर सक्रिया मनसुन मंगलबारदेखि उत्तरतर्फ सक्रिय रहन्छ,’ भण्डारीले भने, ‘प्रदेश एक र मधेशमा रोपाइँ गर्न अझै समय छ, बिग्रेको केही छैन रोपाइँ सबै ठाउँमा हुन्छ ।’ कृषि मन्त्रालयले पनि रोपाइँका लागि समय बाँकी रहेको भन्दै तराइका केही जिल्लामा पानीको अभाव मनसुनबाटै पूर्ति हुने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker