तनहुँ र नवलपुरमा २२६ खानेपानी आयोजनाको निर्माण कार्य सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर जिल्लामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ । ‘एक घर एक धारा’ अभियान अन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिएको हो ।

नागरिकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो कार्यालयले जनाएको छ । तनहुँको खानेपानी आयोजनाको लागि रु २७ करोड १६ लाख र नवलपुरको लागि रु २६ करोड १५ लाख रहेको खानेपानी तथा डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इञ्जिनियर वामदेव पौडेलले जानकारी दिए ।

उक्त आयोजनामध्ये १८ वटा नयाँ आयोजनाको सर्भे कार्य भइरहेको छ । उनले भने, “अधिकांश खानेपानी आयोजना लिफ्टिङ प्रणालीका छन् ।” आयोजना साना र ठूला रहेकाले कुनै एक वर्षदेखि पाँच वर्ष अवधिसम्म सम्पन्न गर्ने किसिमका छन् ।

तनहुँमा प्रादेशिक खानेपानी आयोजना ८६, संघीय सरकारबाट सशर्त अनुदानबाट आएका २३, प्रादेशिक आधारभूत १६, अन्य १८ र विशेष अनुदानका आठ छन् । संघीय सरकारबाट रु चार करोड ३३ लाख विनियोजित भएको छ भने अन्य सबै गण्डकी प्रदेशको बजेट रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker