गोरखा, तनहुँ र लम्जुङको अन्तर जिल्ला समन्वय बैठक गोरखामा

आसन्न निर्वाचन लगायत विविध विषयलाई लक्षित गरी गोरखामा तीन जिल्लाका सुरक्षा समिति पदाधिकारीहरुको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ ।

शुक्रवार पालुङटारमा भएको बैठकले आसन्न निर्वाचन, विपद व्यवस्थापन, अपराध तथा लागू औषध नियन्त्रणका बिषयमा एक आपसमा सूचना आदान प्रदान गर्ने निर्णय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

‘जिल्लामा भएका समस्याहरु एक अर्काबिच सेयर गर्ने र समाधानका लागी आवश्यक सहजिकरण गर्ने भन्ने पनि निर्णय गरेका छौ,’ उनले भने । बैठकले नदीजन्य पदार्थ र प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहन रोक्न कडाइका साथ लागी पर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

‘यसमा कडाइका साथ अघि बढ्ने भन्ने निर्णय भएको छ, अव अनुगमन र निगरानी बढाउछौ, कानून विपरीत काम गरेको पाइएमा कारवाही गर्छाैं,’ उनले भने । बैठकमा गोरखा, तनहुँ र लम्जुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker